Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जिल्ला बचत सङ्घको सुनसरीको आयोजनामा “राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लिमिटेड” दर्ता अभिलेखीकरण तालिम

जिल्ला बचत सङ्घको सुनसरीको आयोजनामा “राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लिमिटेड” दर्ता अभिलेखीकरण तालिम

काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको जिल्ला स्तरीय छाता सङ्घ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड सुनसरीले सहकारी ऐनमा भएको व्यवस्थाबमोजिम बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लिमिटेडमा दर्ता गर्ने प्रयोजनका लागि अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । 
सहकारी ऐन २०७४ संशोधन भई बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता तथा नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लिमिटेडमा अनिवार्य दर्ता हुनुपर्ने कानुनी व्यवस्था पुरा गर्न सङ्घले सदस्य संस्थाहरुलाई ऐनमा भएको व्यवस्था र दर्ता अभिलेखीकरणका लागि आवश्यक प्रक्रिया सहितको तालिम सम्पन्न गरेको हो । 
देशभर ३२ हजार भन्दा बढी सहकारी रहेकोमा बचत तथा ऋणको कारोबार गर्ने सबै सहकारी संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा कर्जा सूचना केन्द्र लिमिटेडमा दर्ता भई नसकेकोले सङ्घले आफ्नो वार्षिक कार्ययोजनामा व्यवस्था भएको सहकारी व्यवस्थापन तालिम अन्तर्गत दर्ता अभिलेखीकरण तालिम सम्पन्न गरेको हो । 

सङ्घका अध्यक्ष गोमाकुमारी गिरी खड्काको अध्यक्षता तथा सल्लाहकार प्रदिप पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा सुनसरी जिल्लाभरका ४४ वटा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । सङ्घका कार्यक्रम अधिकृत रुद्रप्रसाद सुवेदी र नेफ्स्कून सदस्य सेवा विभागका कार्यक्रम अधिकृत मुकेश दाहालको संयुक्त सहजीकरणमा सम्पन्न तालिमले सहकारी संस्थाहरुलाई नियामक निकायमा दर्ता गरी कानुनबमोजिम सहकारी व्यवस्थापन तथा सञ्चालनमा महत्वपुर्ण भुमिका खेलेको र आगामी दिनहरुमा समेत प्रविधीमैत्री सिकाई, सदस्य संस्थाहरुको माग र आवश्यकता बमोजिम निरन्तर शिक्षा,तालिम,बहस र पैरवीमा सङ्घ सक्रिय रहने सङ्घका अध्यक्ष खड्काले प्रतिबद्धता जनाइन् । 

प्रचलित ऐन र सहकारी मर्म तथा भावना अनुसार सहकारी सञ्चालन तथा व्यवस्थापनमा सङ्घले सदैव आफ्नो दायित्व पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष खड्काले यस्ता तालिम नियमित रुपमा सञ्चालन गरिने भएकाले सदस्य संस्थाहरुलाई सक्रियताका साथ सहभागिता जनाउन आग्रह समेत गरिन । 

कार्यक्रममा विशेष अतिथी सङ्घका सल्लाहकार मिलिराम चौधरी, प्रमुख अतिथि पोखरेलले सिकाई निरन्तर चलिरहने प्रक्रिया भएकाले समयानुकुल प्रविधिमैत्री शिक्षा तालिममा जोड दिनुपर्ने आवश्यकता औल्याउदै तालिम आयोजनाका लागि सङ्घलाई विशेष धन्यवाद समेत ज्ञापन गरे । 

तालिम सम्पन्न भएपश्चात पनि सहभागी संस्थाहरुलाई तोकिएको अवधिभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लिमिटेडमा दर्ता हुन सङ्घले आवश्यक सहजीकरण गर्ने स्पष्ट पारेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई दर्ता अभिलेखीकरण लागि फाल्गुण ११ गते सम्मको समय थप गरेपछि संस्थाको माग र आवश्यकता बमोजिम तालिम आयोजना गरिएको सङ्घले जनाएको छ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार