काठमाडौं । बागलुङ जिल्लामा २८ र रुकुम पूर्वमा ३४ वटा मतदान केन्द्र सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको ती जिल्लामा खटिएका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । सोही कारण ती मतदान केन्द्रहरुको सुरक्षा प्रबन्ध कडा बनाइने समेत उनीहरुले बताएका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अनुगमनका सिलसिलामा हिजो त्यहाँ पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई दुई जिल्लाका प्रजिअले उक्त जानकारीसहित सुरक्षा प्रबन्धबारे बताएका थिए । भ्रमणका क्रममा अर्थमन्त्री खनालले प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिएका थिए ।
सो अवसरमा बाग्लुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले निर्वाचन आचारसंहिता परिपालनाको स्तर राम्रो रहेको र २८ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए ।
अर्थमन्त्रीले अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिएका थिए । सो क्रममा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत सीता शर्मा अधिकारी र जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख यज्ञ प्रसाद रिजालसँग बाग्लुङमा तथा बुर्तिबाङ स्थित निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत भीमप्रसाद सुबेदीसँग बुर्तिबाङमा छलफल गरी हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा जानकारी लिए ।
त्यसैगरी रूकुम पूर्ब जिल्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले निर्वाचन आचारसंहिता परिपालना सन्तोषजनक रहेको र कुल ४४ मध्ये ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराए ।
अर्थमन्त्रीले अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिएका थिए । । सो क्रममा मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
दुबै जिल्लामा निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पछि अर्थमन्त्रीले मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्था निर्माण भएको, निर्वाचनका लागि गर्नु पर्ने तयारीका सबै कामहरु सन्तोषजनक रुपमा अगाडि बढेको, स्थानीयस्तरमा राजनीतिक दल तथा उमेदवारहरु बीच स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण भएको र स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सरकारले आफ्ना सबै संयन्त्रहरुलाई परिचालन गरेको विषय जानकारी गराएका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com