Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

एआईको दुरुपयोगले निर्वाचनको निष्पक्षता नै धराशायी बनाउन सक्ने जोखिमतर्फ गम्भीर बन्न आग्रह

एआईको दुरुपयोगले निर्वाचनको निष्पक्षता नै धराशायी बनाउन सक्ने जोखिमतर्फ गम्भीर बन्न आग्रह

काठमाडौं । निर्वाचन आयोगले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोगले निर्वाचनको निष्पक्षता नै धराशायी बनाउन सक्ने जोखिमतर्फ गम्भीर बन्न सम्बन्धित आग्रह गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एआई प्रयोग गरी सिर्जना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा नराख्न र निर्वाचनलाई मर्यादित बनाउन आग्रह गर्नुभयो । प्रविधिको तीव्र विकाससँगै एआईको प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भुमिका निर्वाह गरिदिन आयोगले विशेष आग्रह गरेको हो ।

प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न आयोगले ध्यानाकर्षण गराएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न समेत सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ ।

आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एवम् सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

‘‘हालैका केही अभ्यासहरु, जसमा मतदान हुनुअघि नै मतदाताहरुको कुराकानीलाई आधार बनाएर हारजीतको अनुमान गर्ने वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने गरिएको छ’, उहाँले भन्नुभयएको छ , ‘त्यसप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।”

निर्वाचन आचारसंहिता, २०८२ ले प्रस्ताव गरेको मतदातको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्ने भएकाले नतिजा पहिला नै घोषणा गर्दा उम्मेदवारलाई हतोत्साही बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्‍याउन काम नगर्न आयोगले अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार