Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
साहित्य

नोबेल साकोस साहित्य संस्थाले गर्यो रचनावाचन कार्यक्रम

नोबेल साकोस साहित्य संस्थाले गर्यो रचनावाचन कार्यक्रम

विराटनगर । नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाको नियमित मासिक रचनावाचन कार्यक्रम शनिबार दाहाल प्रतिष्ठानको भवनमा सम्पन्न गरेको छ । संस्थाका उपाध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रतापनिधी शर्मा स्मृति कोषका संस्थापक अध्यक्ष अग्रज साहित्यकार लक्ष्मण नेवटियाको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथिका रूपमा मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल उपस्थित थियो भने विशेष अतिथि संगम मासिक पत्रिकाका सम्पादक रामबाबु दाहाल, विराटनगर प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख शिवनारायण सिङ्गल, कोशी साहित्य(कला परिषद्का अध्यक्ष केशु विरही, विराट मैथिल नाट्य कला परिषद्का अध्यक्ष डोमी कामत, समीक्षक भवानीप्रसाद पोखरेल तथा विराट साहित्य संगमका सचिव गोपाल निर्भिकको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा विभिन्न भाषाभाषीका कविहरूले रचना  वाचन गर्नुभएको थियो ।  कवि उमेश लुइटेल, प्रयाग न्यौपाने, नेत्र खतिवडा, एल।पी। पराजुली, केशव रिजाल, नवराज पोखरेल नवशिला, नानुमैया दाहाल, शुभकुमारी राई, गीतादेवी पोखरेल, सुरेश कुमार अग्रवाल, सिर्जना प्रसाई, गोपाल निर्भिक, डोमी कामत, प्रेमप्रसाद रिजाल, चन्द्रकान्ता भट्टराई, सुशिला प्रसाई, महेश कटुवाल, उद्धव केसी, निर्मला नेपाल, ऋषि तिवारी, भूपाल अधिकारी तथा बालप्रतिभा चन्द्र सागर राई आदिले कविता वाचन गर्नुभएको थियो ।  रचनाको मिठास, मार्मिक र सुन्दर  प्रस्तुतिले कार्यक्रम भव्य बनेको थियो । 

कार्यक्रममा असल श्रोताका रूपमा यमुना भट्टराई, शारदा भट्टराई, किस्मत खतिवडा र चुडामणि घिमिरे (गोपाल) रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सहसचिव  रेणुका राईले राख्नुभएको थियो भने संस्थाकी सचिव सुजाता राईले कार्यक्रमलाई कुशलतापूर्वक सुन्दर ढङ्गले सञ्चालन गर्नुभएको थियो ।

WhatsApp Image 2026-03-01 at 07.22.45 (1).jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार