Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

डिजिटल युगमा पञ्चाङ्ग (पात्रो) को आवश्यकता किन ? (भिडियो सामाग्री)

डिजिटल युगमा पञ्चाङ्ग (पात्रो) को आवश्यकता किन ? (भिडियो सामाग्री)

काठमाडौं । डिजिटल युगमा पनि पञ्चाङ्ग (पात्रो) को आवश्यकता उत्तिकै रहेको सिद्धान्तज्योतिषाचार्य डा.नारायणप्रसाद निरौला बताउनुहुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य रहनुभएका घिमिरेले पात्राको पृथक महत्व रहेको बताउनुभयो ।

पात्रो विज्ञानसम्मत् भएको बताउँदै उहाँले भन्नुभयो, 'यो विज्ञानसम्मत् छ । अध्यात्म विज्ञान सन्निकट छ । अनि पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत भएकाले यो प्रामाणिक पनि छ । यस क्षेत्रका विद्धानहरुको सहभागितामा गणनादेखि सबै विषय रुजु गरिने हुँदा यसको आधार बलियो छ ।'

628583651_122212661624791919_6927613078101583528_n.png
आर्यावर्तपञ्चाङ्गम् २०८३

शास्त्रीय प्रमाणसहतिको उपयोगी पात्रो आर्यावर्तपञ्चाङ्गम् २०८३ समेत प्रकाशित गर्नुभएका निरौलाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोमा दैनन्दिनी जीवनमा आइपर्ने विषयवस्तुलाई शास्त्रप्रमाणसहित विस्तृत रुपमा प्रस्तुत गरिने बताउनुभयो ।

उहाँले पञ्चाङ्गमा तिथि, नक्षत्र, योग वार करण, दैनिक सूर्योदय सूर्यास्त, दिनमान तारिखका साथै हरेक दिनका चाडपर्वको विस्तृत विवरण पञ्चाङ्गम् समेटिने भन्दै यस्ता विषय डिजिटल पात्रोमा समावेश नहुने दाबी गर्नुभयो । आर्यावर्तपञ्चाङ्गम्को उदाहरण प्रस्तुत गर्दै निरौलाले वार्षिक भविष्यफल, वार्षिक राशिफल, शनिसाढेसाती र शान्तिका उपाय, विवाह सम्बन्धी विचारणीय विषय, ज्योतिष एवं धर्मशास्त्रसम्बद्ध सङ्ख्याबद्ध विषयवस्तु जस्तो कि पञ्चतत्तव, सप्त द्विप, अष्टाङ्ग योग, एकादशरुद्र लगायतका एकदेखि ४९ अङ्कसम्मका विशेषताको शस्त्रीय सन्दर्भसहित पात्रोमा उल्लेख गरिने भएकाले पात्रो हेर्नेहरुलाई त्यसले विस्तृत र सहज ज्ञान उपलब्ध गराउने बताउनुभयो ।  

वेद वेदाङ्ग परिचय, पञ्चाङ्ग परिचय, ज्योतिष गणित, चिना बनाउने तरिका, नमूना जन्मपत्रिका अनि फलादेशका विषयवस्तुका साथै मलमाससम्बन्धी शास्त्रीय व्यवस्थाको सप्रमाण उल्लेख पञ्चाङ्गमा हुने उहाँले बताउनुभयो ।

प्रस्तुत छ, पञ्चाङ्ग महत्व, आवश्यकता र हाम्रो धर्म संस्कृतिसँगको सम्बन्धका बारेमा निरौलासँग धिप्री डटकमले गरेको भिडियो संवाद:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार