Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

झापामा भव्य रुपमा मनाइयो सहकारी दिवस, उत्कृष्ट संस्था र व्यक्तित्व सम्मानित

झापामा भव्य रुपमा मनाइयो सहकारी दिवस, उत्कृष्ट संस्था र व्यक्तित्व सम्मानित

वेद प्रकाश दवाडी, बिर्तामोड (झापा) । झापाको बिर्तामोडमा ६९ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी भव्यरुपमा सम्पन्न भएको छ । शुक्रबार (चैत्र २० गते) बिर्तामोडस्थित साई पार्टी प्यालेस (सिटी सेन्टर) मा झापा जिल्ला सहकारी संघको मुख्य आयोजनामा जिल्लाभरिका ८०० भन्दा बढी सहकारीकर्मीको उल्लेख्य सहभागिताबीच उक्त दिवस मनाइएको हो ।

कार्यक्रम कोशी प्रदेश सभाका सभामुख माननीय अम्बरबहादुर बिष्टको प्रमुख आतिथ्यता तथा आयोजक जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संघको सल्लाहकार समिति, विषयगत केन्द्रीय संघका अध्यक्ष तथा सञ्चालकहरु र जिल्लाका विषयगत संघका अध्यक्षहरुको विशेष आतिथ्यता रहेको थियो ।

WhatsApp Image 2026-04-03 at 19.13.53.jpeg
undefined

पछिल्लो समय सहकारी आन्दोलनमा देखिएका विभिन्न आरोह–अवरोहका कारण सहकारीमैत्री वातावरण बन्न नसक्दा केही हदसम्म उदासीन बनेका सहकारीकर्मीहरुलाई आफ्नो जिम्मेवारी र नेतृत्वमा थप ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रममा चर्चित प्रेरक वक्ता (Motivational Speaker) सौनक भट्टले विशेष सहजीकरण गर्नुभएको थियो ।

यसै कार्यक्रमका बीच ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर झापा जिल्लाभरि उत्कृष्ट कार्य गर्ने विभिन्न सहकारी संस्था, व्यवस्थापक तथा सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । जसअन्तर्गत उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थातर्फ दमकको श्री डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उत्कृष्ट कृषि सहकारी संस्थातर्फ कमल गाउँपालिकाको श्री लखनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेड र उत्कृष्ट बहुउद्देश्यीय सहकारी संस्थातर्फ गौरादहको श्री जुरोपानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ ।

WhatsApp Image 2026-04-03 at 19.13.54.jpeg
undefined

त्यसैगरी, संघमा वर्षभरिको कारोबारको आधारमा उत्कृष्ट बचत कारोबार गर्ने संस्थातर्फ बिर्तामोडको श्री गौरवशाली बचत तथा ऋण सहकारी संस्था लि. र उत्कृष्ट कर्जा कारोबार गर्ने संस्थातर्फ अर्जुनधाराको श्री रिद्धिसिद्धि महिला कृषि सहकारी संस्था लि. सम्मानित भएका छन् ।

कार्यक्रममा उत्कृष्ट व्यवस्थापक महिलातर्फ हल्दिबारीस्थित श्री एकता बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक उमा राई र मेचीनगरस्थित श्री मेची मासु उत्पादक सहकारी संस्थाकी व्यवस्थापक अनिता गुरागाईं सम्मानित हुनुभएको छ । उत्कृष्ट व्यवस्थापक पुरुषतर्फ मेचीनगरस्थित श्री तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मोहन अधिकारी र भद्रपुरस्थित श्री सूर्योदय बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक माउन्टेन गुरुङलाई सम्मान गरिएको छ । साथै, सहकारी क्षेत्रमा कलम चलाउने उत्कृष्ट सञ्चारकर्मीतर्फ परिवेश मिडियाका पुष्प खड्कालाई सम्मान गरिएको थियो ।

WhatsApp Image 2026-04-03 at 19.13.54 (1).jpeg
undefined

उक्त कार्यक्रममा जिल्ला सहकारी संघले तयार पारेको ‘६९ औँ सहकारी दिवसको स्मारिका’ विमोचन समेत गरिएको थियो।

कार्यक्रमको सञ्चालन संघका सचिव भवानीप्रसाद दंगालले गर्नुभएको थियो भने उपस्थित अतिथि तथा सहभागीहरूलाई संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो ।

WhatsApp Image 2026-04-03 at 19.13.55 (1).jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार