Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग आज छलफल गर्नुभएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू छलफलमा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपति सहभागी छन्। त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित छन्।

यस्तै, छलफलमा नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी छन्। साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि सहभागी छन्।

यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि छलफलमा छन्।

छलफलमा विश्वविद्यालयमा विद्यार्थी राजनीति र राजनीतिक नियुक्ति अन्त्यलगायत शिक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक सवाल, संस्थागत व्यवस्थापन तथा नीतिगत विषयमा केन्द्रित रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार