काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधाका ‘प्रज्ञा पुरस्कार–२०८२’ तथा प्रादेशिक पुरस्कारहरू घोषणा गरेको छ । हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारसँगै प्रज्ञा प्रतिष्ठानले यस वर्षदेखि प्रादेशिक पुरस्कारसमेत समावेश गरेको सदस्य–सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रज्ञाले समालोचना विधातर्फ अभि सुवेदी, भाषा पुरस्कारतर्फ मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा। डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार र संस्कृति, लोकवार्ता तथा मौखिक इतिहासतर्फ डा. सोमप्रसाद खतिवडालाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।
यसैगरी, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्य साहित्यतर्फ आहुति (विश्वभक्त दुलाल), दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ तथा अन्तर्देशीय पुरस्कारतर्फ नरेश काङमाङ राई (बेलायत) चयन हुनुभएको छ ।
मातृभाषा (हिमाली–पहाडी) विधातर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश–तराई) तर्फ अमरेन्द्रकुमार यादव पुरस्कृत हुनुहुने प्रज्ञाले जनाएको छ ।
यसैगरी, प्रादेशिक पुरस्कारतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ), मुना चौधरी, शान्ति प्रिय बन्दना, अनिल श्रेष्ठ, क्षितिज मगर, रमानन्द आचार्य र कर्ण दयाल ‘सोडारी’ चयन हुनुभएको छ ।
प्रज्ञा पुरस्कारको राशि जनही एक लाख रुपैयाँ तथा प्रादेशिक पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ । सबै पुरस्कार आगामी २०८३ वैशाख १७ गते प्रदान गरिने छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com