Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

सहकारी बचतकर्ताको रकम फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरिने

सहकारी बचतकर्ताको रकम फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरिने

काठमाडौं ।  सरकारले समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत वचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुलीमार्फत बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ।

अगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताउनुभयो । सरकारले सोही कार्यका लागि यसअघि नै अध्यादेशमार्फत सहकारी ऐन संशोधन गरिसकेको छ।

राष्ट्रपति पौडेलले कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्याधिक ऋण, मिटरब्याज अपराध नियन्त्रण गरिने बताउनुभयो । उहाँले पूँजीबजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप विकास गरिनेसमेत उल्लेख गर्नुभयो ।

त्यसैगरी सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई बलियो बनाउने भएको छ । सहकारी संस्थाको नियमनलाई प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको क्षमता सुदृढिकरण गरिने उहाँले बताउनुभयो ।

त्यस्तै, कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराधलाई नियन्त्रण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार