Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मितेरी सहकारीको रकम हिनामिना प्रकरण: ज्योति गुरुङलाई अदालत उपस्थित हुन आदेश

मितेरी सहकारीको रकम हिनामिना प्रकरण: ज्योति गुरुङलाई अदालत उपस्थित हुन आदेश

काठमाडौं । ललितपुर जिल्ला अदालतले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा ज्योती गुरुङका नाममा २१ दिने सूचना जारी गरेको छ।

अदालतले सूचना जारी गर्दै ज्योती गुरुङलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन सूचित गरेको छ । गुरुङमाथि ललितपुरको मितेरी सहकारीको साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ।

उनलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न भनेको हो।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी हुन् ।

Screenshot_2026-05-25_084438_xBTcCGYvUJ.png
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार