Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

वडिगाडमा सहकारी सञ्चालक तथा कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम

वडिगाडमा सहकारी सञ्चालक तथा कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम

बागलुङ, जेष्ठ २८ । वडिगाड गाउँपालिकाको आयोजना तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को प्राविधिक सहयोगमा वडिगाड गाउँपालिका क्षेत्रभित्र रहेका सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु भएको छ ।

सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि, संस्थागत सुशासन सुदृढीकरण, वित्तीय अनुशासन कायम तथा प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक ज्ञान, सीप र दक्षता विकास गर्ने तथा पछिल्ला नियामकीय नीति, नियम, कार्यविधि र निर्देशनबारे जानकारी गराई सहकारी संस्थाको कार्यसम्पादनलाई थप प्रभावकारी, उत्तरदायी र व्यवस्थित बनाउने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

3.jpg
undefined

तालिमको उद्घाटन गर्दै वडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले सहकारी क्षेत्र स्थानीय आर्थिक विकास, वित्तीय पहुँच विस्तार तथा समुदायको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो । उहाँले सहकारी संस्थाहरूले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई आत्मसात् गर्दै सदस्यकेन्द्रित सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारी संस्थाका सञ्चालकहरू सदस्यहरूको मतदानबाट निर्वाचित हुने भएकाले प्रारम्भिक अवस्थामा सबैसँग सहकारी सम्बन्धी पर्याप्त ज्ञान वा अनुभव नहुन सक्ने भए पनि जिम्मेवारी सम्हालिसकेपछि सहकारीका सिद्धान्त, मूल्य–मान्यता, प्रचलित कानुन, नीति–नियम तथा संस्थाको कार्यप्रणालीबारे अध्ययन गरी आवश्यक ज्ञान हासिल गर्नु अनिवार्य रहेको बताउनुभयो ।

2.jpg
undefined

उहाँले बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम, गोष्ठी, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको उल्लेख गर्दै सहकारी क्षेत्रको दिगो विकास, सुशासन प्रवद्र्धन तथा दक्ष जनशक्ति निर्माणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का पूर्व कोषाध्यक्ष तथा सहकारी अभियन्ता केशवप्रसाद पोखरेल र बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको रहेको छ ।

1.jpg
undefined

तालिममा गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न सहकारी संस्थाका ७० भन्दा बढी सञ्चालक तथा कर्मचारीहरूको सहभागिता रहेको छ । उद्घाटन सत्र बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता, वडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनको स्वागत मन्तव्य तथा गाउँपालिकाका आन्तरिक लेखापरीक्षण सहायक मिन सलामी मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

5.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार