Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कड्फनले मनायो १५औं स्थापना दिवस, पुनर्मिलनको मञ्च बन्नुपर्नेमा जोड

कड्फनले मनायो १५औं स्थापना दिवस, पुनर्मिलनको मञ्च बन्नुपर्नेमा जोड

काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी अभियानको सशक्तिकरणमा उत्प्रेरणामूलक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ १४ वर्षअघि गठन गरिएको राष्ट्रियस्तरको गैर नाफामूलक संस्था कड्फनले आफ्नो १५ औं स्थापना दिवस आज एक संक्षिप्त कार्यक्रम गरी मनाएको छ । संस्थाका अध्यक्ष डिबी बस्नेतको अध्यक्षतामा भएको स्थापना दिवस समारोहमा कड्फनका मानार्थ सदस्यहरु, आजीवन सदस्यहरु लगायत नेफ्स्कून व्यवस्थापनको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कूनका पूर्व अध्यक्ष समेत रहनुभएका कड्फनका अध्यक्ष डिबी बस्नेतले संस्था स्थापनको इतिहास चर्चा गर्दै एउटा आवश्यकताले जन्मिएको कड्फन बिस्तारै साकोस अभियानका अग्रज र अनुजहरुको साझा थलोको रुपमा विकसित भएकोम भन्दै प्रशन्नता व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, ‘अब कड्फन साकोस अभियानका अग्रज र अनुजहरुको पुनर्मिलनको राम्रो थलोको रुपमा अघि बढेको छ । हामीले यसलाई कम्तिमा नयाँ पुरानासाथीहरुबीच भेटघाट गर्ने, सम्बन्धहरुलाई मजबूत बनाउने र अनुभव र उर्जा साट्ने मञ्चको रुपमा विकसित गर्नुपर्छ ।’
कड्फनले हिजो र आजको पुस्ताबीच आदर, सद्भाव र सहकार्यको भावनालाई अक्षुण राख्नुपर्नेमा वक्ताहरुले जोड दिनुभयो । 

_DSC6663_11zon.jpg
undefined

स्थापना दिवसकै अवसरमा संस्थाका मानार्थ सदस्य र नवप्रवेशी सदस्यहरुलाई स्वागत गरिएको थियो भने मानार्थ सदस्यहरुले संस्थासँगै नेफ्स्कूनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो । कुनै पनि संस्था सानोबाटै शुरु भई पछि ठूलो बन्ने भन्दै उहाँहरुले हिजो सुकुलमा बसेर सञ्चालन गरिएको नेफ्स्कूनको आजको प्रगति देख्दा निक्कै खुसी मिलेको बताउनुभयो । कड्फनलाई बिस्तार गर्ने, भेटघाटको रमाइलो थलो बनाउने र सहकारी अभियानको सबलीकरणमा नेफ्स्कूनले खेल्नुपर्ने भूमिकाबारे पनि वक्ताहरुले विचार राख्नुभएको थियो । 

क्रेडिट युनियन डेभलपमेन्ट फाउण्डेशन अफ नेपालको संक्षिप्त एवम् प्रचलित नाम हो कड्फन । यसमा सबै बचत तथा ऋण सहकारीकर्मीहरु सदस्य बन्न सक्ने प्रावधान छ । गत कार्तिक २८ गते काठमाडौंमा सम्पन्न कड्फनको १५ औं वार्षिक साधारणसभाले यसको दायरा बिस्तार गर्दै सबै साकोसकर्मीहरु आवद्ध हुन सक्ने गरी विनियम संशोधन गरेको हो ।

_DSC6688_11zon.jpg
undefined

२०६८ सालमा गठन गरिएको कड्फनलाई जीवन्त र दायरा फराकिलो बनाउने उद्देश्यसहित गएको साधारणसभाले नेपालको बचत तथा ऋण सहकारी अभियानभित्र रहेका सदस्य र कर्मचारीहरुलाई आजीवन सदस्यता खुला गर्ने निर्णय गरेको थियो । यसैगरी, कड्फन कार्य समितिको कार्यकाल पनि २ वर्षबाट बढाएर ३ वर्षको बनाइएको छ । कड्फनको संशोधित विनियम अनुसार ९ सदस्यीय सञ्चालक समिति रहेको छ जसको कार्यकाल ३ वर्ष कायम गरिएको छ । नेफ्स्कूनको पूर्व तथा वर्तमान सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति मध्येबाट ७५ वर्ष उमेर पुरा गर्नुभएका अग्रज व्यक्तिहरुलाई कड्फनले मानार्थ सदस्यता प्रदान गर्दै आएको भन्दै यो सुविधा लिन बाँकी रहेकाहरुलाई आगामी असार भित्र लिइसक्न पनि अध्यक्ष बस्नेतले कार्यक्रममा आग्रह गर्नुभयो । 

_DSC6734_11zon.jpg
undefined

कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, कोषाध्यक्ष दिपक थापा, पूर्व सञ्चालकहरु गोमा नेपाल, न्हुच्छे नारायण श्रेष्ठ, नारायण शर्मा गैरे, चन्द्राकुमारी खड्कासँगै कड्फनका सचिव दिपक पनेरु, कोषाध्यक्ष शिव अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको सञ्चालक पदमा निर्वाचित कड्फन सदस्यहरु परितोष पौड्याल र कमलादेवी गिरिलाई सम्मान गरिएको थियो ।

नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहालले व्यवस्थापकीय संयोजन गर्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कूनकी अधिकृत राधा पौडेलले गर्नुभएको थियो ।

_DSC6709_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार