Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
मन्त्रिपरिषद्को बैठकको निर्णय

सरकारले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने

सरकारले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

 बैठकले ‘अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने’ निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

मिटरब्याज पीडित आफूहरूका माग सुनाउन धनुषाको जनकपुरबाट पैदल मार्च गरेर काठमाण्डौतर्फ आइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्‌को संवत् २०८३ असार ३० गतेको मुख्य मुख्य निर्णयको सूची

१ बीउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने। 
२  सशस्त्र प्रहरी बल, नेपालका विपद् खोज उद्दारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने।
३ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने। 
४ नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्ति गर्ने।
५ अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार