काठमाडौं । देशका विभिन्न स्थानका ११ ठाउँमा आज पनि प्रमुख राजमार्ग अवरुद्ध छन्।
नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्। वर्षासँगै बाढीपहिरो जाँदा राजमार्गहरु अवरुद्ध भएका छन् । प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाएको छ। सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि प्रहरीले आग्रह गरेको छ।
इलाममा मेची राजमार्ग, खोटाङमा मध्यपहाडी राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, दोलखामा लामासाघु रामेछाप राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर, लमजुङमा बेसीँशहर मनाङ सडक, म्याग्दीमा बेनी जोमोम सडक र रुकुम पश्चिममा भेरी करिडोर जाजरकोट डोल्पा सडकमा आज बाढी र पहिरोले पूर्णरुपमा अवरुद्ध भएका हुन्।
त्यसैगरी भोजपुरमा मध्यपहाडी राजमार्ग र डडेल्धुरामा केआई सिंह राजमार्ग बाढीपहिरोको कारण आज एकतर्फी भएका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com