काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र शिक्षकले नै ‘आउट’ गरेको जनाएको छ । काठमाण्डौमा दुईवटा कलेज पढाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र आउट गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्ता लगाएको हो ।
भक्तपुर बस्ने ३३ वर्षीय शिक्षक सिंहलाई हिजो दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ । गएको शुक्रबार एमबीएस पहिलो सेमेस्टरको एमजीटी ५१५ ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनेटमै ह्वाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो ।
एमबीएस पहिलो सेमेस्टरको अरु विषयका परीक्षा बाँकी नै रहेकाले ती परीक्षामा समेत गैरकानुनी क्रियाकलापहरू हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ । त्यस्ता कसुर गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने सीआईबीले चेतावनी पनि दिएको छ ।
झण्डै एक हजार २३ जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कारबाहीका लागि अस्ति शनिबार नै सीआईबीमा पत्राचार गरेको थियो ।
त्रिवि परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई सत्यतथ्य पत्ता लगाई ७ कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com