Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

डिसेम्बरभित्र स्वेदशफर्किने बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको इच्छा

डिसेम्बरभित्र स्वेदशफर्किने बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको इच्छा

काठमाडौं । भारतमा निर्वासित बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्किने घोषणा गर्नुभएको छ । उहाँले निश्चित मिति नतोके पनि यसै वर्षको डिसेम्बरभित्र बंगलादेश फर्किने इच्छा गर्नुभएको छ ।साथै, आफ्नो पार्टी आवामी लिगमाथिको प्रतिबन्ध हटाइनुपर्ने पनि उहाँले माग गर्नुभएको छ । सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा भएको हिंसात्मक दमनपछि हसिना सत्ता छाडेर हेलिकोप्टरमार्फत भारतको नयाँ दिल्ली पुग्नुभएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मृत्युदण्डको सजाय सुनाइए पनि नागरिकको सेवाबाट पछि नहट्ने उहाँले बताउनु भएको छ । दक्षिण एसियाली विदेशी पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत बोल्दै ७८ वर्षीया हसिनाले, आफू पक्राउ पर्न सक्ने वा जेल जान सक्ने अवस्था भए पनि देश र नागरिकप्रतिको दायित्वबाट पछि नहट्ने बताउनु भएको छ ।

त्यसयता उहाँ स्वदेश फर्किनुभएको छैन । गएको वर्ष ढाकामा हसिनाको अनुपस्थितिमै चलेको मुद्दामा अदालतले उहाँलाई हत्या गराउने आदेश दिएको, हिंसा रोक्न असफल भएको तथा मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । यसैबीच, बंगलादेश र भारतबीच सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका छन् ।

ढाकाले हसिनाको सुपुर्दगीका लागि पटक–पटक आग्रह गरे पनि भारतले कानुनी प्रक्रियाअनुसार विषयको अध्ययन भइरहेको जनाएको छ । भारतले भने हसिनाको पछिल्लो सम्बोधनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सरकार यसमा संलग्न नभएको र त्यहाँ व्यक्त गरिएका विचारलाई समर्थन नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार