काठमाडौं । योग्यता नपुगेको सहकारी संस्थालाई अनुदान रकम उपलब्ध गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७६र७७ मा सहकारी संस्था छनौट कार्यविधि विपरीत योग्यता नै नपुगेको आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडलाई चिस्यान केन्द्र निर्माणको लागि अनुदान रकम उपलब्ध गराएको तथा उक्त संस्थाको लागि आठबीसकोट नगरपालिकाबाट गाडी खरिद गरी गराई भ्रष्टाचार गरेको आरोप नगरप्रमुख लगायतलाई लागेको छ ।
आयोगका अनुसार केसीविरुद्ध ८० लाख २३ हजार ५१ रुपियाँ, आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीर बहादुर रोकाय, सचिव प्रकाश खड्का, कोषाध्यक्ष जुन कुमारी चनेलविरुद्ध जनही बिगो चिस्यान केन्द्र निर्माणतर्फको ९१ लाख १७ हजार ८७३ र गाडी खरिदतर्फको ८० लाख २३ हजार ५१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी, सोही कार्यालयका पशु स्वास्थ्य अधिकृत तथा तत्कालीन निमित्त कार्यालय प्रमुख ज्ञानु कुमार शर्मा, पशु सेवा अधिकृत शेर बहादुर खड्का, लेखा अधिकृत यम बहादुर पुन, कृषि अधिकृत मिन बहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहविरुद्ध जनही ९१ लाख १७ हजार ८७३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा फरक–फरक बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइ उनीहरुविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com