Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

एम बैंक र झापाको एनएमसीबीच रणनीतिक सहकार्य, एउटै माध्यमबाट बैंकिङदेखि डिजिटल कर्जासम्म उपलब्ध हुने

एम बैंक र झापाको एनएमसीबीच रणनीतिक सहकार्य, एउटै माध्यमबाट बैंकिङदेखि डिजिटल कर्जासम्म उपलब्ध हुने

काठमाडौं । नेपालको डिजिटल वित्तीय सेवा क्षेत्रमा एक दशकदेखि सक्रिय मोबाइल बैंकिङ प्ल्याटफर्म ‘एम बैंक’ (mBank) र झापा स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) बीच रणनीतिक सहकार्य भएको छ। सहकार्यसँगै एनएमसीका सदस्यले एउटै डिजिटल माध्यमबाट बैंकिङ, भुक्तानी तथा डिजिटल कर्जासम्बन्धी सेवा लिन सक्ने भएका छन्।

एनएमसीले जेठ २९ गते ‘एम बैंक’सँग सम्झौता गरी साउन ७ गते बिहीबारदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। डेढ लाखभन्दा बढी सदस्य तथा ५७ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको एनएमसीसँगको सहकार्यलाई डिजिटल वित्तीय सेवाको विस्तारमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

सहकार्यसँगै एनएमसीका सदस्यले मोबाइल एपमार्फत बचत तथा बैंकिङ सेवाका साथै क्यूआरमार्फत भुक्तानी, अन्तरसंस्था रकम स्थानान्तरण, उपयोगिता शुल्क भुक्तानी, डिजिटल भुक्तानी तथा ग्राहक विवरण अद्यावधिकलगायतका सेवा लिन सक्नेछन्।

एम बैंकले परम्परागत मोबाइल बैंकिङ सेवाभन्दा अघि बढ्दै बैंकिङ, भुक्तानी र कर्जासम्बन्धी सेवा एउटै डिजिटल माध्यमबाट उपलब्ध गराउने अवधारणालाई अघि सारेको जनाएको छ। यसबाट सदस्यले खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने र विभिन्न शुल्क भुक्तानी गर्ने मात्र नभई दैनिक वित्तीय आवश्यकताका अधिकांश सेवा मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।

सहकार्यको अर्को महत्वपूर्ण पक्ष डिजिटल कर्जा सेवा रहेको छ। नेपाल राष्ट्र बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल वित्तीय सेवाको अवधारणाअनुसार एम बैंक र एनएमसीले चरणबद्ध रूपमा डिजिटल कर्जा सेवा विस्तार गर्ने योजना बनाएका छन्।

यसअन्तर्गत मुद्दती निक्षेप धितोमा कर्जा, आवधिक बचत धितोमा कर्जा, कर्जा भुक्तानी, कर्जाको विवरण हेर्ने तथा नयाँ कर्जाका लागि आवेदन दिनेलगायतका सेवा मोबाइल एपमार्फत उपलब्ध गराउने तयारी गरिएको छ।

नयाँ कर्जाका लागि आवेदन दिँदा आवश्यक कागजात डिजिटल माध्यमबाटै पेश गर्न सकिने तथा कर्जाको प्रक्रियाबारे जानकारीसमेत मोबाइलबाट प्राप्त गर्न सकिने भएकाले सदस्यले पटक–पटक कार्यालय वा सेवा केन्द्र धाउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।

सम्झौतापछि प्रतिक्रिया दिँदै NMC Multipurpose Co-operative Ltd. का प्रमुख कार्यकारी अधिकृत तथा हालै राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्षमा निर्वाचित लक्ष्मीप्रसाद उप्रेतीले सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार आवश्यक रहेको उल्लेख गर्दै यस साझेदारीले NMC - COOP का सदस्यहरूलाई सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी mBank का प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले डिजिटल वित्तीय पहुँच विस्तार गर्ने mBank को दीर्घकालीन प्रतिबद्धतालाई दोहोर्‍याउँदै भन्नुभयो, "यो सहकार्य केवल मोबाइल बैंकिङ सेवा विस्तार गर्ने सम्झौता मात्र होइन, सहकारी क्षेत्रलाई डिजिटल युगमा रूपान्तरण गर्ने साझा अभियान हो। हामी Banking, Payments र Lending लाई एउटै डिजिटल इकोसिस्टममा एकीकृत गर्दै सदस्यहरूलाई थप सरल, सुरक्षित र आधुनिक वित्तीय अनुभव प्रदान गर्ने लक्ष्यमा छौं।"

mBank का अनुसार यो साझेदारीले NMC को विशाल सदस्य आधारलाई अत्याधुनिक डिजिटल वित्तीय सेवासँग जोड्दै नेपालको डिजिटल वित्तीय इकोसिस्टमलाई थप सुदृढ बनाउनेछ। साथै, सहकारी, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरूका लागि नवीनतम डिजिटल बैंकिङ, पेमेन्ट्स र डिजिटल लेन्डिंग समाधान विकास तथा विस्तार गर्ने आफ्नो अभियानलाई समेत थप गति दिनेछ।

mbank-NMC.jpg
undefined

एम बैंकबारे
एम बैंकले विगत एक दशकदेखि सहकारी, लघुवित्त तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ, डिजिटल भुक्तानी, क्यूआर भुक्तानी, डिजिटल कर्जालगायतका वित्तीय प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।

एनएमसीबारे
एनएमसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नेपालका अग्रणी बहुउद्देश्यीय सहकारी संस्थामध्ये एक हो। संस्थाले बचत तथा ऋण, कृषि, दुग्ध, चिया, विप्रेषण तथा विभिन्न सामुदायिक सेवामार्फत डेढ लाखभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ।

WhatsApp Image 2026-08-11 at 22.49.25 (2).jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार