Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सुदूरपश्चिमका सहकारीहरु जोखिममुक्त छन् : महासंघ कार्यवाहक अध्यक्ष पोखरेल

सुदूरपश्चिमका सहकारीहरु जोखिममुक्त छन् : महासंघ कार्यवाहक अध्यक्ष पोखरेल

काठमाडौं। राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले सुदुरपश्चिमका सहकारीहरुमा कुनै जोखिम नरहेको बताउनुभएको छ । सोमबार धनगढीमा स्थानीय सहकारीकर्मीहरुसँगको भेटका क्रममा कार्यवाहक अध्यक्ष पोखरेलले गुणस्तरमा अब्बल रहेकाले सुदुरपश्चिमका सहकारीहरु जोखिममा नरहेको बताउनुभयो ।

‘जोखिमको हिसाबले सुदुरपश्चिम कम जोखिम भएको प्रदेशको रुपमा समेत चिनिन्छ । कार्यवाहकअध्यक्ष पोखरेलले भन्नुभयो,  ‘स्थानीय संस्थाहरु बिग्रेका छैनन्, बाहिरबाट आयातित संस्थाहरुले केही दुर्घटना  गरेका हुन् ।’

सुदुरपश्चिममा संख्यात्मक रुपले कम भए पनि गुणस्तरका हिसाबले अगाडी रहेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘हिमखिरको कारोबार हेर्नुहोस्, नवजीवनको कारोबार हेर्नुहोस्, नमस्तेको कारोबार हेर्नुहोस्, राष्ट सेवकको हेर्नुहोस्,, साना किसानको हेर्नुहोस्,, अरु सहकारीको पनि हेर्नुहोस्,, सबैको राम्रो कारोबार छ ।’

कर्जा सूचना केन्द्रमा आवद्ध हुन पनि अध्यक्ष पोखरेलले सहकारीहरुलाई आग्रह गर्नुभयो । कर्जा सूचना केन्द्र र प्राधिकरणमा आवद्ध हुन एक बर्षको लागि खुला गरिएको छ,’ अध्यक्ष पोखरेलले भन्नुभयो,  ‘कर्जा सुचना केन्द्रमा ५० प्रतिशत बित्तीय भार भएका संस्थाहरु यसमा जान सक्छन् ।’

कर्जा सूचना केन्द्रमा सीमित बैकिङ कारोवार गर्ने संस्था जोडिएका र नयाँका हकमा कानून संशोधन गर्नु पर्ने भएकाले त्यसका लागि मन्त्रीपरिषदमा पुगेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘मलाई लाग्छ, एकाध हप्तामा यो संशोधन भएर काममा आउँछ ।’

उहाँले सहकारी अभियान बर्तमान सरकारबीच समन्वयको कमी रहेको पनि उल्लेख गर्नुभयो । ‘सहकारी अभियान र  सरकारको समन्वयमा कमी आएको अहिले महसूश भएको छ,’ कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘मैले कार्यवाहक अध्यक्षको नाताले भन्नै पर्छ । माननीय मन्त्रीज्यू, कुनै पनि सार्वजनिक कार्यक्रममा निस्किनु भएको छैन ।  सम्माननीय प्रधानमन्त्री ज्यू पनि जानुहुन्न, सरकारले फिल्डमै आएर बुझिदिए हुन्थ्यो भन्ने हाम्रो आग्रह हो ।’

उहाँले अगाडि भन्नुभयो,  ‘हामीले राष्टिय अन्तरराष्टिय फोरमहरुको आयोजना गरयौं । तर त्यहा सम्वन्धित मन्त्रीज्युहरु आउनु भएन, अरु मन्त्रीज्यु पनि देखिनु हुन्न । त्यसले कतै पोलिसी बन्दा कमजोरी हुने हो कि ?’ कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो,  ‘हुन त केही सुनुवाइहरु भएका पनि छन् । लगानी भएको भन्दा बढी ब्याज लिन नपाउने भन्ने कानुन आइरहेको थियो, त्यो बेला हाम्रो कुरा सुनुवाई भएको छ । पछि त्यो कुरा सरकारले हटायो ।’

Nawajivan_pokharel_Sammanit.jpeg
undefined

सो अवसरमा राष्ट्रिय सहकारी बैकंका संचालक मनमोहन बिष्टले सहकारीहरुले व्यक्तिगत  क्युआरको प्रयोग गर्न पाउने, तर संस्थागत क्युआर प्रयोग गर्न नपाउँदा कारोबारमा सीमितता आउने जोखिम रहेको बताउनुभयो । बिष्टले भन्नुभयो,  ‘यसले सहकारीप्रतिको बिश्वास बढ्न दिदैन । यसबारेमा समयमै पहल गर्न आवश्यक छ ।’

हिमशिखर बहुउद्धेश्यीय सहकारीका प्रबन्धक महेन्द्र शाहीले सहकारीहरु कर्जा सूचना केन्द्रमा जोडिएपनि त्यसबाट लाभ लिन नसकिरहेको अवस्था जानकारी गराउनुभयो ।

धनगढी बहुउदेश्यीय सहकारीका प्रवन्ध निर्देशक भुपेन्द्र थापाले सहकारीको दर्ता प्रक्रिया निरन्तर नगरेर पटक पटक रोक्ने काम भैरहेको भन्दै यसबारे सहकारी महासंघले पहल गर्नु पर्ने सुझाव राख्नुभयो ।

नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपाल पाठकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन नवजीवन सहकारीका कार्यवाहक महाप्रवन्धक बिहारीलाल चौधरीले गर्नुभएको थियो ।

Coop_Pokharel 2.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार