काठमाडौं । प्युठानको पुरण्ठाँटी बचत तथा ऋण सहकारी संस्था लि.ले संकटपूर्ण घडीमा मल्हम लगाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ योगदान गरेको छ । संस्थाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिहरुको एक दिनको बैठक भत्ता, कर्मचारीहरुको एक दिनको तलब र संस्थागत सहयोग समेत गरी उक्त रकम उद्धार कोषमा योगदान गर्ने निर्णय गरेको साकोसका अध्यक्ष नुमप्रसाद श्रेष्ठले जारी गर्नुभएको अपिलमा उल्लेख छ ।
साकोसको समुदायलाई परेको बेला सहकारीको भूमिकालाई जीवन्त बनाउँदै प्युठानको ऐरावती गाउँपालिका २ बरौलस्थित समुदायमा आधारित सदस्य केन्द्रित पुरण्ठाँटी बचत तथा ऋण सहकारीले सहयोगी भाव प्रदर्शन गरेको हो । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको अकल्पनीय मानवीय एवम् भौतिक क्षतिबाट संस्था परिवार अन्यन्त स्तब्ध बनेको भन्दै यो समय सहयोगको हात अघि बढाउने भएको अपिलमा उल्लेख गरेको छ ।
राष्ट्रिय विपत्तिको यो समयमा उद्धार, राहत तथा पुनस्थापना कार्यलाई प्रभावकारी बनाउन राज्यका सम्पूर्ण निकायहरुसँगै राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून तथा अन्य सहयोगी निकायहरुको कदममा हातेमालो गर्नु संस्थागत एवम् सामाजिक दायित्व भएको भन्दै मल्हमको प्रयास गरेको साकोसले जनाएको छ । साथै संस्थाका शेयर सदस्य, शुभेच्छुक तथा विभिन्न संघ संस्था निकायहरुलाई समेत आ आफ्नो ठाउँबाट स्वेच्छिक रुपमा राहत कोषमा योगदान गरी राष्ट्रिय संकटको विषम घडीमा हातेमालो गर्न समेत अध्यक्ष श्रेष्ठले अपिल जारी गरी आग्रह गर्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com