काठमाडौं । रसुवा बाढीका कारण भएको अपूरणीय जनधनको क्षतिप्रति रौतहटको चन्द्रपुरस्थित श्री बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवारले गहिरो दुःख व्यक्त गर्दै कठिन परिस्थितिमा मानवीय समवेदनालाई प्राथमिकता दिँदै विविध निर्णय गरेको छ ।
संस्थाले यस वर्ष आयोजना गर्न लागिएको 'तीज विशेष कार्यक्रम' स्थगित गर्दै उक्त कार्यक्रमका लागि विनियोजित अनुमानित बजेटबाट रु. ३५,००० (पैंतीस हजार रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
संस्थाले भनेको छ, 'विपत्तिको यस घडीमा जुध्नका लागि हातेमालो गर्नु हामी सबैको सामाजिक दायित्व हो। यस निर्णयप्रति सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूबाट पूर्ण सहयोग र समर्थनको अपेक्षा गर्दछौँ।'
श्री बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति तथा व्यवस्थापन परिवारले बाढी प्रभावित क्षेत्रमा शीघ्र उद्धार, राहत र पुनस्थापनाको कामना समेत गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com