Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोषमा

इटहरीको किसान कल्याण साकोसद्वारा उद्धार कोषमा २ लाख ५ हजार योगदान

इटहरीको किसान कल्याण साकोसद्वारा उद्धार कोषमा २ लाख ५ हजार योगदान

काठमाडौं । सुनसरीको इटहरी-१६ मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण भएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिले स्तब्ध एवम् मर्माहत भएको जनाएको छ ।

उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै किसान कल्याण साकोसले आफ्नो सहकारी सिद्धान्तलाई व्यावहारिक परिणति दिदैं प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोषमा दुई लाख पाँच हजार रुपैयाँ योगदान गरेको आज जनाएको छ । संस्थाको सञ्चालक समिति, सेवा केन्द्र व्यवस्थापन उपसमिति, लेखा सुपरिवेक्षण समिति, सम्पूर्ण कर्मचारी तथा संस्थाको तर्फबाट गरी उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

TxnReport712984314_500684_page-0001.jpg
undefined

साकोसले संकटपूर्ण तथा प्राकृतिक विपद्को घडीमा प्रभावित क्षेत्रका पीडित परिवारहरूप्रति संस्था र समग्र सहकारी परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै यस प्राकृतिक प्रकोपमा परी जीवन गुमाउनु हुनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

96a6453b-005e-42f8-b69e-1181d515fdf4.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार