Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
भोटेकोशीको ताण्डव

दुःखको समयमा सहयोग गरौं भन्दै जनकल्याण साकोसले गर्यो १ लाख ११ हजार योगदान

दुःखको समयमा सहयोग गरौं भन्दै जनकल्याण साकोसले गर्यो १ लाख ११ हजार योगदान

काठमाडौं । धादिङको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.पनि भदौं १० गतेको भोटेकोशी नदीले मच्चाएको ताण्डवबाट मर्माहत बनेको छ । आफ्नै जिल्लामा पनि बाढीले ठूलो नोक्सानी गरेको छ । त्यतिमात्र होइन आफ्नै सेवा कार्यालयमा पनि असर गरेको छ । सोही कारण अन्यत्रका सहकारीभन्दा जनकल्याणले बढी पीडाबोध गरेको छ । त्यसैभएर समुदायमा अमिट छाप छोडेको जनकल्याण साकोसले प्राकृतिक विपत्तिले सिर्जना गरेको यही पीडादायी परिस्थितिमा पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा आफ्नो तर्फबाट सहयोग गरेको छ । 

संस्थाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट संयुक्त योगदान गरी एक लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।

समुदायको सुख–दुःखमा साथ दिने सामाजिक संस्था जनकल्याण साकासले विपद्को घडीमा आफ्नो जिम्मेवारी निर्वाह गरेको जनाएको छ । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। संस्थाले बेपत्ताको सकुशल उद्धारको कामना गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

विपद्को यस कठिन समयमा पीडित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको जनाउँदै संस्थाले सबैलाई आफूले सक्ने सहयोग गर्न आह्वानसमेत गरेको छ। जनकल्याण साकोसले जारी गरेको विज्ञप्तिमा भनिएको छ “विपद्को समयमा जो जससँग जे छ र जे सकिन्छ, सोहीअनुरूप सहयोग, सद्भाव र मानवीय सेवामा सहभागी बनौँ ।” 

२०५३ सालमा स्थापित जनकल्याण साकोस समुदायमा आधारित र सदस्य केन्द्रित बचत ऋण सहकारीका रुपमा परिचित छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार