Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

बाढीपीडितको दुःखमा केदारनाथ साकोसको साथ, ११ हजार बढी योगदान

बाढीपीडितको दुःखमा केदारनाथ साकोसको साथ, ११ हजार बढी योगदान

काठमाडौं । महाकाली-४ दार्चुलास्थित केदारनाथ बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १ सय ११ रुपैयाँ योगदान गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै  कालीगण्डकी साकोसले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको हो । केदारनाथा साकोसले भनेको छ, यो सहयोग रकम मात्र होइन, विपद्को घडीमा पीडितप्रतिको हाम्रो सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र ऐक्यबद्धताको प्रतीक हो।”

विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ । “बाढीपीडितको दुःखमा केदारनाथको साथ-सहयोग रकमभन्दा ठूलो हाम्रो मानवीय भावना भन्दै संस्थाले विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको जनाएको छ ।

संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, केदारनाथ साकोसले बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैगरी, केदारनाथ साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार