Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

ग्रामीण वाल्मिकी साकोसको उदारता, २ लाख ९३ हजार बढी राहत कोषमा सहयोग

ग्रामीण वाल्मिकी साकोसको उदारता, २ लाख ९३ हजार बढी राहत कोषमा सहयोग

काठमाडौं । वर्दघाट ७ नवलपरासी (ब.सु.प) केन्द्रीय कार्यालय रहेको ग्रामिण वाल्मिकी बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले गरेको अपूरणीय जनधनको क्षतिबाट मर्माहत भएको जनाउँदै घटनामा दिवंगत भएकाहरुप्रति श्रद्धार्पण गरेको छ ।

बेपत्ताहरुको खोजी तथा उद्धारमा तदारुकता, घाइतेहरुको शीघ्र उपचारसँगै राहत तथा पुनर्स्थापनामा पनि साकोसले सरकारको ध्यानाकर्षण गराएको छ । साथै, राष्ट्रिय विपत्तिको यो घडीमा सहकारीको मर्म र मानवीय भावलाई समेत विचार गरेर आफूले पनि आर्थिक सहयोग गरेको जनाएको छ । 

रसुवा बाढीबाट सिर्जित परिस्थितिकाबीच उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ग्रामीण वाल्मिकी साकोसले सरकारको आग्रह र परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राखी सहयोग गरेको हो । संस्थागत योगदान, सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु तथा व्यवस्थापनसहितबाट गरी ग्रामीण वाल्मिकी साकोसले २ लाख ९३ हजार ६ सय २३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व एवम् मानवीय धर्म भएको संस्थाले जनाएको छ।

यसैगरी, ग्रामीण वाल्मिकी साकोसले विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिँदै सहकारी संस्थाहरूले वित्तीय कारोबार र सदस्य सेवासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश प्रवाह गरेको छ । ग्रामीण वाल्मिकी साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।

e5a29ef9-47f4-4fa3-8b87-f210248f1b29.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार