काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले २०८३ भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा अचानक भीषण बाढी आई रसुवा, नुवाकोट र धादिङ जिल्लामा भएको अकल्पनीय मानवीय एवम् भौतिक क्षति प्रति गहिरो दुःख व्यक्त गरेको छ । उक्त घटनाबाट मर्माहत पोखरा रोयल साकोसले प्रभावित परिवारको राहत, उद्धार तथा पुर्नस्थापनामा सहयोग पुयाउने उद्धेश्यले आर्थिक सहयोग समेत गरेको छ । पोखरा रोयल साकोसले संस्था, समिति, उपसमिति र कर्मचारी परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ५२ हजार १ सय सहयोग गरेको आज जनाएको छ ।
पोखरा रोयल साकोकातर्फबाट सूचना अधिकारी मिलन ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, सहकारी नाफाको लागि मात्र होइन, यो त अझ बढी सहकार्य र सेवाको लागि हो । मानवीय सेवाको लागि कुनै सिमित कार्यक्षेत्र र मापदण्ड हुँदैन । विपतको यस घडीमा पिडित परिवार प्रति गहिरो सहानुभुति प्रकट गर्दै सहयोग, सद्भाव र सहकार्यको लागि सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई ध्यानमा दिदैं उद्धार कोषमा योगदान गरेको जनाएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले जनाएको छ । पोखरा रोयल साकोसले भनेको छ “आहतमा राहत, सहकार्यमा सहकारी ।”
पोखरा रोयल साकोसले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यसैगरी, साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।
सदस्य केन्द्रित एवम् समुदायमा आधारित पोखरा रोयल साकोसले सामाजिक उत्तरदायित्व बहन गर्दै विगतमा पनि यस्ता किसिमका विपत्तिहरुमा सहयोगको हात अघि बढाउँदै आएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com