Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
रसुवा महाविपत्ति

रसुवा महाविपत्तिमा लेकाली स्वावलम्बन साकोसको साथ ,५६ हजार १ सय योगदान

रसुवा महाविपत्तिमा लेकाली स्वावलम्बन साकोसको साथ ,५६ हजार १ सय योगदान

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका-१ स्थित लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ५६ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । संस्थाले जिल्ला सहकारी संघमार्फत ५ हजार १ सय तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमामा ५१ हजार गरी कुल ५६ हजार १ सय रुपैयाँ सहयोग गरेको जनाएको छ । समुदायमा आधारित एवम् सदस्य केन्द्रित लेकाली स्वावलम्बन साकोसले संकटको घडीमा सहकारीले सामाजिक दायित्व बहन गर्दै  हातेमालो गरेको उल्लेख गरेको छ ।

विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको उल्लेख गरिएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले जनाएको छ ।

लेकाली स्वावलम्बन साकोसले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैगरी, साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबै सदस्यहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार