Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

भोटेकोशी बाढीपछि पाँच हजार ८३ जना अझै सम्पर्कविहीन, १२ हजार ३८ जनाको उद्धार

भोटेकोशी बाढीपछि पाँच हजार ८३ जना अझै सम्पर्कविहीन, १२ हजार ३८ जनाको उद्धार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट प्रभावितमध्ये बिहीबार साँझसम्म उद्धार गरिएकाहरुको सङ्ख्या १२ हजार ३८, हालसम्म सनाखत भइ बुझिलिएको शवको सङ्ख्या ९५, हालसम्म उपचार गरिएका घाइतेको सङ्ख्या पाँच हजार ३८४ रहेको छ । एक हजार २५९ जनाको शव फेला परेको छ ।

रसुवाबाट १२७, नुवाकोटबाट १७७, धादिङबाट ६०, गोरखाबाट ७२, तनहुँबाट ३८, नवलपरासी पूर्वबाट २१८, नवलपरासी पश्चिमबाट २१२ र चितवनबाट ३५५ शव फेला परेको छ । 

रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार २१ सय ३० जना, नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार २३ सय ४० जना र विदेशी नागरिक ५८३ गरी जम्म पाँच हजार ८३ जना सम्पर्कविहीन बनेका छन् । 

सुरक्षाकर्मी परिचालन २१ हजार ४०२ जना, हाल होल्डिङ सेन्टरमा रहेकाको सङ्ख्या तीन हजार ८४४ जना रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितमध्ये विभिन्न अस्पतालमा ३०४ जना उपचाररत छन्।

यस्तै, नेपाली सेनामार्फत तीन हजार २०६ जना र सशस्त्र प्रहरी बल नेपालमार्फत एक हजार ८७४ जनाले स्वास्थ्योपचार सेवा पाएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएका व्यक्तिलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने कार्य भइरहेको छ। सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन छन्।

यसैगरी, भोटेकोशी बाढीमा परी बिहीबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासीपूर्व र नवलपरासीपश्चिममा गरी एक हजार २९० शव फेला परेका छन्। भारतमा फेलापरेका शवसमेत उक्त विवरणमा समावेश गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार फेलापरेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन्। त्यस्तै, ५३२ आंशिक अङ्गसहितका शव फेलापरेका छन्। उपचारका क्रममा अस्पतालमा मृत्यु भएका दुई जनाको विवरण पनि त्यसमा समावेश गरिएको छ।

भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहतको कामलाई थप तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार