Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

चन्द्रपुरको यातायात मजदुर साकोसले गर्यो २१ हजार रुपैयाँ योगदान

चन्द्रपुरको यातायात मजदुर साकोसले गर्यो २१ हजार रुपैयाँ योगदान

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकास्थित यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था लि.ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । संस्थाले संकटको घडीमा सामाजिक दायित्व बहन गर्दै  हातेमालो गरेको जनाएको छ । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताइएको छ ।

विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले जनाएको छ ।

यातायात मजदुर साकोसले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैगरी, यातायात मजदुर साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।

c0f6a4a7-eaca-4282-8506-9421e9c7c005.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार