काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका आलापोटस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिबाट मर्माहत भएको भन्दै यस्तो संकटको अवस्थामा राहत तथा पुनःस्थापनामा सहयोगी हात अघि बढाएको छ ।
३३ वर्षको गौरवपूर्ण इतिहास बोकेको समुदायमा आधारित रही सहकारी मूल्य, मान्यता र सिद्धान्तमा सञ्चालित सहयोगी कोसले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ७४ हजार ४ सय ६६ रुपैयाँ सहयोग गरेको जनाएको छ । सहकारीको मर्म, संकटमा सहकार्य नै हाम्रो धर्म भन्दै सहयोगी साकोसले उद्धार, राहत तथा पुनर्स्थापनामा थोरै भएपनि सहयोग पुगोस् भनी राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको जनाएको छ ।
सहयोगी साकोसले आफ्ना करिब ६ हजार ८ सय ८० सदस्य शेयर सदस्य, सञ्चालक समिति तथा कर्मचारीको संयुक्त योगदानबाट संकलित उक्त सहयोग रकम उद्धार कोषमा सहयोग गरेको अध्यक्ष रामेश्वर श्रेष्ठले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।
विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको सहयोगी साकोसले जनाएको छ ।
संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
यसैगरी, सहयोगी साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com