काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढी तथा पहिरोका कारण भएको अकल्पनीय जनधनको क्षतिबाट मर्माहत भएको भन्दै बिराज समाजले पीडितहरुको सहयोगमा जुट्न अपिल गरेको छ । “विपत्तिमा परेकालाई सहयोग गर्नु नै सच्चा मानवता हो” भन्दै बिराज समाजले रसुवा बाढीपीडितहरुको दुःखेको घाउमा मल्हम लगाउन आग्रह गरेको हो ।
रसुवा जलप्रलयका कारण आजसम्म १,३६७ मानवीय क्षति भैसकेको छ भने ५ हजार बढी अझै सम्पर्कविहीन छन् । त्यसैगरी, खर्बौको भौतिक सम्पत्ति क्षति भएको छ ।
उक्त प्राकृतिक विपत्तिका कारण धेरै परिवारले आफ्ना आफन्त गुमाउनुका साथै घर, सम्पत्ति, पशुचौपाया तथा दैनिक जीवनका आवश्यक सामग्रीहरू गुमाउनुपरेको भन्दै जो जसले जे जसरी सकिन्छ सहयोगमा जुट्न समाजले आग्रह गरेको हो ।
समाजका अध्यक्ष रामप्रसाद दाहालद्वारा जारी गरेको अपिलमा भनिएको छ, 'यस विषम परिस्थितिमा बाढी तथा पहिरोपीडित परिवारहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि खाद्यान्न, लत्ताकपडा, औषधि, स्वच्छ खानेपानी, अस्थायी आवास तथा अन्य आवश्यक सामग्रीको तत्काल आवश्यकता रहेको छ। त्यसैले मानवीय सेवाको भावनाले प्रेरित भई आफ्नो क्षमता अनुसारको आवश्यक सहयोग उपलब्ध गराई विपत्तिमा परेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा केही राहत पुर्याउन हार्दिक अपिल गर्दछौँ।'
२०६४ सालमा स्थापना भएको सामाजिक तथा गैरनाफामूलक संस्था बिराज समाजले स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन लगायत आधारभूत क्षेत्रमा काम गर्दै आएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com