Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
राष्ट्रिय कविता महोत्सव–२०८२

राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान

राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान

काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०८२ का लागि कविता आह्वान गरेको छ । प्रतिष्ठानले आफ्नो ६८ औँ वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता आयोजना गर्न लागेको हो । असार ९ गते सम्पन्न हुने महोत्सव कविहरूका लागि प्रतिभा प्रदर्शनको महत्वपूर्ण अवसर हो ।

प्रतिष्ठानद्वारा आज जारी विज्ञप्तिअनुसार जेठ २० गतेभित्र मौलिक रचनाहरू प्रज्ञा प्रतिष्ठानमा प्रत्यक्ष रूपमा वा kavitamahotsav082@gmail.com मा इमेलमार्फत पठाउन सकिनेछ । समावेशितालाई उच्च प्राथमिकता दिँदै प्रतिष्ठानले नेपालका सबै भाषाका कविताहरू स्वीकार गर्ने जनाएपनि मातृभाषामा लेखिएका कविताहरूको नेपाली अनुवाद अनिवार्य गरेको छ । 

प्रतियोगितामा सहभागी हुन चाहने कविहरूले आफ्नो पूरा नाम, ठेगाना, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र सम्पर्क नम्बर अनिवार्य रूपमा पठाउनुपर्ने छ । महोत्सवमा पूर्णतः मौलिक र यसअघि कुनै पनि माध्यमबाट अप्रकाशित कविताहरू मात्र स्वीकार गरिने प्रतिष्ठानले स्पष्ट पारेको छ।

म्याद नाघेका वा तोकिएको मापदण्ड पूरा नगरेका कविताहरू मूल्याङ्कनमा समावेश नहुने जनाइएको छ । प्रतिष्ठानले उत्कृष्ट १० कविता छनोट गरी प्रत्येक कविलाई रु. ४० हजार नगद पुरस्कार र कदरपत्र प्रदान गर्नेछ। यसबाट उत्कृष्ट प्रतिभालाई प्रोत्साहन गर्ने र नेपाली साहित्यको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

492922788_2271221826613485_5403855549846239185_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार