काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले मलेशियामा आयोजित एशियन क्रेडिट युनियन फोरम २०२६ का अवसरमा एक्सेस सिल्भर ब्राण्ड–२०२६’ प्राप्त गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा सम्पन्न ‘एशियन क्रेडिट युनियन फोरम-२०२६’को उद्घाटन समारोहमा अकूका अध्यक्ष डानुक्रित कालाम्पाकोर्नले जनउत्थान साकोसलाई उक्त ब्राण्ड प्रदान गर्नुभएको हो । साथमा साथमा अकूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यानरोके पनि हुनुहुन्थ्यो । संस्थाकोतर्फबाट अध्यक्ष गिरीप्रसाद पुन तथा प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले ब्राण्ड लिनुभएको थियो ।
अकूले ७ अगस्ट २०२६ मा गरेको विस्तृत मूल्यांकनका आधारमा जनउत्थान साकोसलाई सेप्टेम्बर २०२६ देखि अगस्ट २०२७ सम्मका लागि ‘एक्सेस सिल्भर’ प्रमाणीकरण प्रदान गरेको थियो।
मूल्यांकनमा वित्तीय कार्यसम्पादन, सदस्य–ग्राहक केन्द्रितता, आन्तरिक व्यवसायिक प्रक्रिया तथा सिकाइ र वृद्धि गरी चारवटा प्रमुख पक्ष समेटिएका थिए। जनउत्थान साकोसले वित्तीय पक्षमा ५२ मध्ये ३९, सदस्य–ग्राहक पक्षमा १०८ मध्ये ८३, आन्तरिक व्यवसायिक प्रक्रियामा १०४ मध्ये ७८ तथा सिकाइ र वृद्धिमा ८० मध्ये ६१ अंक प्राप्त गरेको थियो।
कुल ३४४ मध्ये २६१ अंक अर्थात् ७५।८७ प्रतिशत प्राप्त गर्दै जनउत्थान साकोसले ‘एक्सेस सिल्भर ब्राण्ड’ हासिल गरेको हो।
अकूले जनउत्थान साकोसलाई सीमान्तकृत समुदाय तथा युवा उद्यमीलाई साना व्यवसाय सञ्चालन र दिगो आर्थिक गतिविधिमा संलग्न हुन सहयोग गर्ने नवीन वित्तीय समाधान प्रदान गर्ने नमुना सहकारीका रूपमा समेत प्रशंसा गरेको छ।
अकूले संस्थागत क्षमता, सुशासन र दीर्घकालीन सबलता थप मजबुत बनाउनुपर्ने सुझाव दिँदै न्यून आय भएका सदस्यलाई लक्षित आर्थिक कार्यक्रम विस्तार तथा वित्तीय साक्षरता कार्यक्रमलाई व्यापक बनाउनुपर्नेमा जोड दिएको छ।
जनउत्थान साकोसले सन् २०१८ देखि एक्सेस ब्राण्ड प्राप्त गर्दै आएको छ। पछिल्लो तीन वर्षदेखि संस्थाले निरन्तर ‘एक्सेस सिल्भर’ ब्राण्ड प्राप्त गर्दै आएको छ।
४४ हजार ३ सय ७० सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनउत्थान साकोसले संस्थागत पुँजीलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। संस्थाको जगेडा कोषमा मात्रै ४० करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको छ।
संस्थाका सीईओ रनबहादुर थापाले ‘एक्सेस सिल्भर ब्राण्ड’ प्राप्त हुनु शेयर सदस्य, कर्मचारी, सञ्चालक, सल्लाहकार, उपसमिति तथा सम्पूर्ण सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको बताए। उनले आगामी दिनमा सदस्यका आवश्यकता पूरा गर्ने थप गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच, संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले एशियाली स्तरको ‘एक्सेस सिल्भर ब्राण्ड–२०२६’ प्राप्त गर्न सफल भएकोमा संस्थाका ४५ हजारभन्दा बढी शेयर सदस्यसहित पदाधिकारी, लेखा सुपरिवेक्षण समिति, सञ्चालक समिति, सल्लाहकार, सबै सेवा केन्द्रका उपसमिति, कर्मचारीलगायत सम्पूर्ण महानुभावलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
अध्यक्ष पुनले यो उपलब्धि जनउत्थान साकोसको समग्र टिमको मेहनत, प्रतिबद्धता र सहकार्यको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थालाई थप उत्कृष्ट र सदस्यकेन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com