काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित बचत तथा ऋण सहकारी (क्रेडिट युनियन) हरुका लागि दक्षिण कोरियाली केन्द्रीय बचत संघ (नाकूफोक) ले ५० हजार अमेरिकी डलर सहयोग प्रदान गरेको छ । मलेशियाली राजधानी क्वालालम्पुरमा जारी एशियन क्रेडिट युनियन फोरम २०२६ का अवसरमा आज आयोजित कार्यक्रममा उक्त सहयोग प्रदान गरेको एशियाली ऋण महासंघ (अकू) का कोषाध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी गराउनुभयो ।
यसैगरी, अन्य केही अन्तर्राष्ट्रिय सहकारी निकायबाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको ढकालले क्वालालम्पुरबाट धिप्री डटकमलाई जानकारी गराउनुभयो । 'कसैले १, कसैले २ हजार डलर सहयोग गर्नुभएको छ, हामी त्यो सबै रेकर्ड राखेका छौं, 'ढकालले भन्नुभयो, 'यो सहकारी अभियानप्रतिको ऐक्यबद्धता हो । यसप्रति हामी अन्तर्राष्ट्रिय साथीहरु र उहाँहरुले प्रतिनिधित्व गर्ने निकायलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । यसले पनि सहकारी अभियानमा एकलाई पर्दा, अर्कोको साथ, सहयोग रहन्छ भन्ने सन्देश प्रवाह गरेको छ । हामी नाकूफोक लगायत सहयोगी सबैप्रति साँच्चिकै आभारी छौं ।' बाढी प्रभावित क्षेत्रका बचत तथा ऋण सहकारीहरुको सहयोगका लागि नाकूफोकले उक्त सहयोग गरेको नेफ्स्कून अध्यक्षले बताउनुभयो । भदौ १० को विनाशकारी भोटेकोशी बाढी प्रभावितहरुका लागि सहकारीका अन्तर्राष्ट्रिय निकायबाट प्राप्त यो पहिलो र ठूलो सहयोग हो ।
यसबाहेक नेपालका लागि अन्तर्राष्ट्रिय सहकारी महासंघ तथा विश्व ऋण परिषद् (ओकू)बाट पनि सहयोग प्राप्त गर्ने कोशिस भैरहेको नेफ्स्कून अध्यक्ष ढकालले बताउनुभयो । ओकू अन्तर्गतको च्यारिटेवल आर्म वर्ल्डवाइड फाउन्डेशन अफ क्रेडिट युनियनले ‘नेपाल सहकारी पुनरुत्थान कोष’ सुरुआत गरिसकेको छ । उक्त कोषमा आजका मितिसम्म ७ हजार ५ सय ७६ डलर (साढे ११ लाख रुपैयाँ बढी) जम्मा भैसकेको छ ।
यसैबीच, आज सम्पन्न फोरमले १० बुँदे साझा प्रतिबद्धतापत्र (घोषणापत्र) समेत जारी गरेको अकूका कोषाध्यक्ष ढकालले जानकारी गराउनुभयो । यो वर्षको फोरमले एकीकृत, उत्थानशील, मूल्यमा आधारित एशियाली क्रेडिट युनियन अभियान निर्माणका लागि विविध, समसामयिक र साझा विषयहरु समेटी घोषणापत्र जारी गरेको ढकालले बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com