काठमाडौं । नेपालले बजार माग सम्बोधन गर्नेगरी सुरक्षित डाटा सेन्टर बनाएर प्राविधिक तथा व्यवहारिक शिक्षामा जोड दिनुपर्नेमा विज्ञ तथा प्राज्ञहरुले जोड दिएका छन् ।
मदन भण्डारी विश्वविद्यालयले आइतबार काठमाडौमा आयोजना गरेको विश्वस्तरिय विश्वविद्यालय निमार्णका लागी पहिलो कदम विषयक अन्तरराष्ट्रिय भेलाको दोस्रो सत्रका सहभागीले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा व्यवहारिक शिक्षाको छुट्टै स्थान रहने भन्दै गुणस्तरिय खोज खेर नजाने बताएका हुन् ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रथम उपाध्यक्ष बिरेन्द्र पाण्डेले नेपाली व्यवसायीले विद्याथीलाई शिप विकास, बजार सम्पर्क विस्तार र सो सम्बन्धमा आइपर्ने समस्या समाधान गर्न सहयोग गर्ने बताए ।
उनले आफ्नो उद्योगले अनुशन्धान गर्ने विद्यार्थीलाई छात्रबृक्ति समेत दिने गरेको भन्दै उद्यमशिलता विकासमा परिसंघ संधै तत्पर रहने बताए ।
त्यसैगरी नेशनल युनिभर्सिटी अफ सिंगापुरका पूर्व संस्थापन उपाक्ष्यक्ष सिराम रामकृष्णाले सिंगापुर विश्वविद्यालयले विज्ञान र प्रविधिलाई केन्द्रमा राखेर लक्ष्य निर्धारण गरेकै कारण विश्वस्तारिय
विश्वविद्यालयका रुपमा स्थापित भएको बताए । उनले २५ वर्ष पहिले विश्वविद्यालय स्थापना भएताका सिंगापुरमा बैकल्पिक उर्जाका स्रोतहरु सिमित मात्रामा रहेको स्मरण गर्दै अहिले सिंगापुरसंग अष्टेलियासंग भएको जत्तिकै सोलार पावर भएको बताए ।
'व्यवहारिक शिक्षा र स्पष्ट निती भएमा असम्भव जस्तै लाग्ने काम सहज र सम्भव हुन्छन्,' उनले भने । उनले कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगले परम्परागत काम गराईमा प्रत्यक्ष प्रभाव पारेको भन्दै सुरक्षित डाटा सेन्टर निमार्ण गरेर अगाडी बढ्नुपर्ने सुझाए ।
यो सत्रमा मदन भण्डारी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र तिनले गरिरहेका खोज शिर्षकलाई उद्योगी, व्यवसायी, प्राज्ञ तथा सरोकारवाला बिच परिचित गराईएको थियो ।
जसमा मदन भण्डारी विश्वविद्यालयका प्राध्यापक अनुपमा श्रेष्ठ विश्वविद्यालयले मुख्यगरी सुविधा सम्पन्न कृषि प्रयोगशालामा प्रयोग गर्ने, समुदायसंग सहकार्य गर्ने, गुणस्तरिय व्यवहारिक शिक्षा दिने गरेको बताइन ।
उनले विद्यार्थीलाई व्यहारिक शिक्षा दिने, उत्पादन उद्योग स्थापना गर्न प्रेरित गर्ने, समुदाय र सरोकारवाला संग जोड्ने, बजारिकरणको शिप सिकाउने, अन्तरराष्टिय सम्पर्क विस्तार गर्न सहयोगी भूमिका निभाउनेमा जोड दिइन ।
त्यसैगरी लार्के हिमाल जडिबुटी उद्योग प्रा.लि.का अध्यक्ष दिपक पाण्डे आफ्नो कम्पनी र विश्वविद्यालयविच साझेदारी भएकाले विद्यार्थीले लार्के हिमाल जडिबुटीमा अभ्ययन, अनुशन्धान गर्न सक्ने, प्रयोगशालामा काम गर्न सक्ने, र हिमाली जडिबुटी, संकलन, प्रशोधनमा सहभागी हुनसक्ने बताए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com