ललितपुर । अन्तर्राष्ट्रिय सहकारी वर्ष-२०२५ को अवसरमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको दोस्रो कोप ओपन फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता २०८२ को उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जित्नुभएको छ । पुरस्कार स्वरुप उहाँले १० लाख बराबरको आवधिक जीवन बीमा तथा नगद ४० हजार रुपैयाँ ट्रफि र गोल्ड मेडल जित्नुभएको छ । महिला तर्फ शान्ति धिमाल प्रथम हुनुभएको छ ।
त्यस्तै, एफएम क्षितिज भण्डारी दोस्रो हुनुभएको छ । उहाँले ७ लाख बराबरको आवधिक जीवन बीमा सहित २५ हजार रुपैयाँ नगद सिल्भर मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ । भने तेस्रो हुनुभएका सिएम पुरुषोत्तम सिलवाल ५ लाखको आवधिक जीवन बीमा योजना तथा नगद १५ हजार हात पार्नुभएको छ ।
महांघसले अन्तर्राष्ट्रिय सहकारी वर्ष -२०२५ को अवसरमा प्रभु महालक्ष्मीको प्रायोजनमा दोस्रो कोप ओपन फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता २०८२ आयोजना गरेको हो । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा भएको समापन समारोहमा माननीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले विजेताहरुलाई पुरस्कृत गर्नुभएको थियो ।
साथै प्रभु महालक्ष्मी लाइभ इन्सुरेन्सका सिइओ सन्तोष प्रसाइले विजेता खेलाडीहरुलाई पुरस्कार स्वरुप बीमा योजना प्रदान गर्नुभएको थियो । समापन समारोहमा सहकारी मन्त्रालयका उपसचिव विष्णु घिमिरे, महासंघका संचालक नथुनी यादव, केन्द्रीय पशुपालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतको उपस्थिति थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com