काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार सचेत रहेको जनाएको छ ।
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सन्दर्भमा सरकार सचेत रहेको र त्यहाँ रहेका विद्यार्थी एवम् नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको बताएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवम् अन्य नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरूपमा सचेत छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवम् नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’
पाकिस्तानमा तत्कालै कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँका अभिभावक, आफन्त एवम् त्यहाँ रहेका नेपालीले इस्लामवादस्थित नेपाली राजदूतावासको निम्न सम्पर्क नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न मन्त्रालयले जानकारी गराएको छ ।
यसैबीच, भारतस्थित नेपाली राजदूतावासले कुनै आपतकालीन अवस्था आए नयाँ दिल्लीस्थित दूतावास र कोलकातास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न त्यहाँका नेपालीलाई अनुरोध गरेको छ ।
दूतावासले शुक्रबार एक सूचना जारी गर्दै सम्पर्कका लागि+९१–११२३४७६२०० र+९१–८९२९६०१९२५ गरी दुईवटा टेलिफोन नम्बर उपलब्ध गराएको छ ।
भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले यस्तो सुविधा उपलब्ध गराएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com