काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले सनातन धर्म संरक्षण तथा राष्ट्रको कल्याणको संकल्पसहित आज भगवान पशुपतिनाथ मन्दिरमा जल अर्पण गर्नुभएको छ । भगवान पशपतिनाथमा बैशाख मासमा जल अर्पण गर्न पराजुली काठमाडौंमा आउनु भएको हो ।
उहाँले आज शनिबार बिहान पशुपतिनाथको दर्शन र पशुपतिनाथका मूल आर्चक गणेश रावल भट्ट गुरुसँग भेट समेत गर्नु भएको छ । पराजुलीसँगै सापकोटा, पण्डित गोपाल कोइराला र आचार्य नारायण अधिकारी पनि जल अर्पणमा सहभागी हुनुहुन्थ्यो । सोमबार पूर्णिमाका दिन सम्म जल अर्पण गर्ने उहाँको कार्यक्रम छ ।

विराटनगर महानगरपालिका मेयर समेतको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिसक्नुभएका पराजुलीले पशुपतिनाथका गुरुहरूसँगै इनारबाट गाग्रिमा जल बोकेर पशुपतिनाथलाई जल अर्पण गर्नु भएको नेपाली लेखक संघका उपमहासचिव नारायण सापकोटाले जानकारी गराउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com