Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

‘सगरमाथा संवाद’का लागि नेपाललाई १५ वटा विद्युतीय गाडी

‘सगरमाथा संवाद’का लागि नेपाललाई १५ वटा विद्युतीय गाडी

काठमाडौं । भारत सरकारले ‘सगरमाथा संवाद’का लागि नेपाललाई १५ वटा विद्युतीय सवारीसाधन प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले एक समारोहबीच परराष्ट्रमन्त्री आरजु राणा देउवालाई ती सवारीसाधन हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारको अनुरोधमा प्रदान गरिएका यी सवारीसाधनले संवाद अवधिमा पाहुना र अधिकारीहरूको आवतजावत सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । काठमाडौंमा १६–१८ मे २०२५ मा आयोजना हुने संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ रहेको छ ।

समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारतद्वारा २०२२ को सङ्घीय तथा प्रादेशिक निर्वाचनमा पनि नेपाललाई दिइएको समान प्रकारको सहयोगलाई स्मरण गर्दै सगरमाथा संवादको सफल आयोजनाको शुभकामना व्यक्त गर्नुभयो ।उहाँले नेपालसँगको विकास साझेदारीमा भारतको प्रतिबद्धता दोहोर्याउनुभयो।

सवारीसाधन ग्रहण गर्दै परराष्ट्रमन्त्री देउवाले सगरमाथा संवाद सफल बनाउन भारतको सहयोगप्रति आभार व्यक्त गर्दै भारत नेपालका पुराना र ठूला विकास साझेदारमध्ये एक भएको उल्लेख गर्नुभयो ।

495806474_1227868498701881_1054148781328583789_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार