Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'ट्रिपिङ' को समस्या चाँडै समाधान हुन्छ, लोडसेडिङ हुँदैन : शाक्य

'ट्रिपिङ' को समस्या चाँडै समाधान हुन्छ, लोडसेडिङ हुँदैन : शाक्य

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताउनुभएको छ ।। बिहीबार विराटनगरमा आयोजित ‘बढी विद्युत उपभोग गरी समयमा महसुल दाखिला गर्ने उद्योगी व्यवसायीको सम्मान’ कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको दाबी गर्नुभयो ।

विश्वसनीय विद्युत आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने उहाँले बताउनुभयो । उहाँले मुलुकमा अहिले विद्युत अभावको समस्या नरहेको भन्दै अहिले भईरहेको ट्रिपिङको समस्यालाई चाँडै नै समाधान गरिने उल्लेख गर्नुभयो ।

शाक्यले विद्युत आपूर्तिको स्थितिमा वर्षेनी सुधार भईरहेको बताउदै विश्वसनीय विद्युत आपूर्ति प्राधिकरणको प्रमुख ध्येय रहेको स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार