Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कामीरिता शेर्पाको नयाँ विश्व किर्तिमान,  ३१ औँ पटक सगरमाथा आरोहण

कामीरिता शेर्पाको नयाँ विश्व किर्तिमान,  ३१ औँ पटक सगरमाथा आरोहण

काठमाडौं । कामीरिता शेर्पा ३१ औँ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । । विश्व प्रसिद्ध सगरमाथा आरोही शेर्पाले आफ्नै पुरानो रेकर्ड ब्रेक गर्नुभएको हो । । आज मंगलबार बिहान सगरमाथाको सफल आरोहण गरेर उहाँले यसअघिको आफ्नै रेकर्ड ब्रेक गर्नुभएको हो ।

रेकर्ड तोडिएसँगै उहाँले नयाँ विश्व रेकर्डसमेत बनाउनुभएको छ । उहाँले ०८१ वैशाख ३० गते २९ औँ र ०८१ जेठ ९ गते ३० औँ पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान बनाउनुभएको थियो ।

उहाँले २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्नुभएको हो । दुई सन्तान र पत्नीसहित काठमाडौँमा बस्दै आउनुभएका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार