Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

विप्लव र विनोद चौधरी जोड्ने सेतु बन्यो सहकारी !

विप्लव र विनोद चौधरी जोड्ने सेतु बन्यो सहकारी !

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनश्रम कृषि सहकारी संस्थामार्फत उत्पादन गरेको आलु उद्योगपति विनोद चौधरीको सीजी फुड्सले किनेको छ। यो समाचार सुन्दा अनौठो लाग्छ, विप्लव र बिनोद चौधरीबीच सम्बन्ध । हुन त राजनीतिमा असम्भव भन्ने हुँदैन भनिन्छ । तर, यो विषय सिधैं राजनीतिसँग नजोडिएपनि राजनीतिका खेलाडीहरुसँग अप्रत्यक्ष जोडिन्छ ।

खासमा यो फरक पोल्स अर्पाट भनेझैं अलग राजनीतिक सिद्धान्त र वैचारिक धार बोकेका व्यक्तिहरुबीचको सहकार्य भन्दा पनि सहकारी र निजी क्षेत्र बीचको सम्बन्ध हो । र, यी दुईबीच सम्बन्ध जोड्ने काम सहकारी क्षेत्रले गरेको छ । त्यो पनि कृषि सहकारीसँग, उत्पादनसँग, बजारीकरणसँग र व्यावसायिकीकरणसँग ।

नेकपाका महासचिव विप्लवले आफूहरूले उत्पादन गरेको दुई लाख किलो आलु चौधरीलाई बेचेको बताउनुभएसँगै यो समाचार लोकप्रिय कहलिएको छ । चौधरी आफैले पनि यो समाचारलाई महत्व दिई आफ्नो सामाजिक सञ्जालबाट सेयर गर्नुभएको छ ।

biplab-4.jpeg
undefined

चौधरीले फेसबुकमा लेख्नुभएको छ, 'नेपाली अर्थतन्त्रको इन्ट्रिग्रेटेड विकासका लागि कृषी उत्पादन र औद्योगिक उत्पादनवीच अन्योन्याश्रित सम्वन्ध हुनुपर्छ । हाम्रा उद्योगहरूका लागि कच्चा पदार्थका रुपमा आवश्यक कृषि उत्पादन देशभित्रैबाट आपूर्ति गर्न सकिए हाम्रो अर्थतन्त्रको जग बलियो हुन्छ । हामीले देशभित्र उपलब्ध कच्चा पदार्थको अधिकतम उपयोग गर्ने नीति अंगिकार गरेका छौँ सोही अनुसार विप्लबजीले उत्पादन गर्नु भएको आलु हाम्रो इन्डिस्ट्रियल पार्कले खरिद गरेको हो । अन्य कृषी उपजहरू पनि देशभित्रैबाट आपूर्ति हुने वातावरण बनाउन यसैगरि लाग्नुपर्छ । राजनीति देशको आर्थिक विकाससँग जोडियोस्, विप्लबजीलाई धेरै शुभकामना ।'

binod-vinod-chaudhary-.jpg
undefined

तुलसीपुरस्थित नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रममा विप्लवले २ लाख किलो आलु बेचिएको जानकारी गराउनुभएको थियो । विप्लवले आफूहरू सरकारसँग मिलेर काम गर्न चाहेको भन्दै सरकारले मद्दत गरेमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने र परिणाम आउने गरी कृषि क्षेत्रबाट योगदान गर्ने समेत केही अघि बताउनुभएको थियो । 

‘आलु त हामीले विनोद चौधरीलाई नै दियौँ’, विप्लवले भन्नुभयो, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौँ।’

आलु बेच्ने विषयमा गत कात्तिक २ गते नै नेकपा र सीजी फुड्सबीच सम्झौता भएको थियो।  पुँजी निर्माणका लागि आफ्नो पार्टीले काठमाडौँसहित देशका विभिन्न तीन स्थानमा साना उद्योग सुरु गरेको जानकारी पनि विप्लवले गराउनुभएको थियो । सहकारी क्षेत्रको सशक्तिकरण र कृषि उत्पादन प्रवर्द्धनमा जनश्रम कृषि सहकारीले काम गर्दै आएको जनाएको छ ।

Capture_20240629144637.png
undefined

 आर्थिक समृद्धिका लागि सहकारी र उद्योग क्षेत्रको सहकार्य 

विप्लवकै प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा काठमाडौंको बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा २०८१ साल चैत २३ गते सम्पन्न भएको थियो । उक्त सभामा प्रमुख वक्ता तथा संरक्षक विप्लवले सहकारीलाई नगद आम्दानी र उत्पादनसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो । उहाँले देशको आर्थिक समृद्धिका लागि सहकारी र उद्योग क्षेत्रको सहकार्य अनिवार्य रहेको धारणा समेत राख्नुभएको थियो ।

देशका विभिन्न क्षेत्रबाट आएका सहकारीका शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा संस्थाका सचिव दिनेशले संयोजन भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष सम्झनाले अतिथिहरू र सहभागीहरूलाई स्वागत गर्दै सहकारीको यात्रालाई सुदृढ बनाउन सबैको योगदान अपरिहार्य रहेको बताउनुभएको थियो । 

सभामा अध्यक्ष सन्देसले आगामी कार्ययोजना प्रस्तुत गर्दै उत्पादन र बजारलाई जोड्ने, श्रम र प्रविधिको समायोजन गर्ने र सदस्यहरूको सक्रिय सहभागितामा सहकारीलाई अझ प्रभावकारी बनाउने लक्ष्य प्रस्तुत गर्नुभएको थियो । उहाँले हाल ७२ जना सदस्य रहेको सहकारीलाई विस्तार गर्दै सामूहिक उत्पादनमा जोड दिने योजना साझा गर्नुभएको थियो ।

large_screenshot_2025-04-05-09-59-08-64_f598e1360c96b5a5aa16536c303cff92-1585.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार