Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

नेपाली पर्यटन पेसाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण

नेपाली पर्यटन पेसाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण

काठमाडौँ । नेपालका पर्यटन पेसाकर्मीका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौँ ब्याचको औपचारिक उद्घाटन गर्नुभयो ।

नेपालका पर्यटन पेसाकर्मी तथा व्यवसायी लक्षित गर्दै सुरु गरिएको भाषा प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै मन्त्री पाण्डेले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ भाषा अनुवादक हुनु भनेको सिपयुक्त जनशक्ति निर्माण हुनु भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार