काठमाडौं । नेपालयको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गीतकार कालीप्रसाद रिजाल र आभासबीच सहकार्य हुने भएको छ । कालीप्रसाद रिजालका नयाँ गीतमा आभास आफ्नो धुन र स्वरसहित मार्च २८ र २९ मा पलेँटीमा प्रस्तुत हुँदै छन् ।
लामो समयपछि आफू गीतकारका रूपमा विशेष स्रोताहरूबीच आउन लागेकोमा आफू बच्चाझैँ रमाइरहेको रिजालले सुनाए । ‘नयाँ गीत लेखिरहेकै थिएँ तर चित्तबुझ्दो संगीतकार आभासजीलाई पाएपछि म सहकार्य गर्न उत्सुक भएको हुँ,’ गीतकार रिजाल भन्छन्, ‘पहिले पनि मेरो आत्मसंस्मरण काँडामा हाँसेको जिन्दगी लोकार्पणका बेला नेपालयसँग म जोडिएको थिएँ तर यसपटकको सहकार्य म आफैँलाई विशेष लागिरहेको छ ।’
१९९६ सालमा धनकुटामा जन्मेका रिजाल कवि–लेखकहरूलाई भेट्ने लालसामा २०१३ सालमा कलेज पढ्न काठमाडौं आए । ‘बालकृष्ण समसहितको निर्णायक मण्डलीबाट अन्तरकलेज प्रतियोगितामा मेरो कविता प्रथम भयो,’ रिजाल सम्झिन्छन्, ‘तर पछि मैले लेख्नै छोडेको थिएँ । एक दिन मेरो अफिसमा नारायणगोपाल आएर गीत लेख्नुहोस् भनेपछि मैले गीत लेख्न थालेँ ।’
यसरी गीतकार बनेका रिजालका केही मीठो बात गर, आँखा छोपी नरोऊ भनी, झरेको पातझैँ, झर्यो जिन्दगी, यसैगरी बिताइदिन्छु, माया गर्नेको चोखो मायाजस्ता गीत नारायणगोपालको स्वर र संगीतमा सजिए । यी सदावहार गीत पनि यसपालिको पलेँटीमा प्रस्तुत हुनेछन् । यसैगरी, अम्बर गुरुङले संगीत गरेका दुई गीत कहीँ आफ्नै भूमरीमा र अर्को एक रमाइलो गीत पनि पलेँटीमा प्रस्तुत हुनेछ ।
२० वर्षदेखि पलेँटी संयोजन गर्दै आएका आभास यसपालि संगीतकार र गायकका रूपमा पलेँटीमा प्रस्तुत हुँदै छन् । रिजालका आठ नयाँ गीतमा उनले धुन भरेका छन् । ‘गीति सिर्जनालाई कविताका रूपमा सम्मान गर्ने रिजालजस्ता गीतकार जो अहिले पनि लेखिरहनुभएको छ तर संगीत भइरहेका छैनन् भने त्यो एकदम ननिको कुरा हो भन्ने मलाई लाग्यो,’ आभास भन्छन्, ‘अनि मैले उहाँका नयाँ गीतमा धुन भर्ने प्रयास गरेँ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com