काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको सूचना एसएमएसबाट प्राप्त भएपछि मात्र कार्यालयमा लिन आउन भनेको छ । कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै लाइसेन्स छापिएपछि विभागको वेबसाइट, हेलो यातायात व्यवस्था विभाग नामक फेसबुकमा प्रकाशित हुने र मोबाइलमा सन्देश पठाइने गरेको उल्लेख गरेको छ ।
यी माध्यमबाट सूचना तथा जानकारी लिएर मात्र सम्बन्धित यातायात कार्यालय पुग्न विभागले सूचित गरेको छ । अहिले लाइसेन्स अनुमतिपत्र जारी गर्ने, नवीकरण तथा रद्द गर्ने अधिकार प्रदेश कार्यालयसँग छ ।
तर, लाइसेन्स छपाइको काम भने अहिले पनि यातायात व्यवस्था विभागले नै गर्दै आइरहेको छ । लाइसेन्स छपाइको सूची लामो भएको र समयमै छाप्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ । छपाइको काम छिटो सम्पन्न गर्न विभाग सचेत र गम्भीर रहेको समेत उल्लेख गरेको छ । विभागका अनुसार प्रदेश सरकार मातहत कार्यालयबाट लाइसेन्सको परीक्षा सञ्चालन भएपछि सम्बन्धित परीक्षार्थीले परीक्षा उत्तीर्ण गरेपछि त्यसको विवरण नागरिक एप तथा विभागको वेबसाइटमा देखिने गरी प्रणालीमा आबद्धता समेत हुने गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com