Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

ब्रह्ममुहूर्त के हो ? नित्यकर्म कसरी गर्ने ?

ब्रह्ममुहूर्त के हो ? नित्यकर्म कसरी गर्ने ?

ऊँ नमो भगवते वासुदेवाय
 ब्रह्मादि देवताहरुले उठेर स्नान सन्ध्या जपतप गर्ने समय हो ब्रह्ममुहूर्त । सूर्योदय हुनुभन्दा सात धडी पहिलेसम्मको समयलाई ब्रह्ममुहूर्त भनिन्छ । वेद भन्दछ – उतिष्ठ जाग्रत अर्थात् कर्मवीरहरु ब्रह्ममुहूर्त उठ्नुपर्छ, जाग्नुपर्छ । त्यो अमृतवर्षा हुने समय हो । जो ब्रह्ममुहूर्तमा सुतिरहन्छ, त्यसले आफ्नो पुण्य गुमाइरहेको हुन्छ । जो सोया उसने खोया, जो जागा उसने पाया; अर्थात् ब्रह्ममुहूर्तमा जो सुत्छ उसले गुमाउँछ, जोे व्युझँन्छ, उसले पाउँछ ।

ब्रह्ममुहूर्तमा मन शान्त र प्रफुल्लित हुन्छ, चित्तमा स्थिरभाव आउँछ । मौनताको महङ्खव उजागार हुन्छ । ब्रह्ममुहूर्तमा उठ्ने व्यक्ति विवेकशील, विद्वान् हुनुका साथै स्वस्थ शरीरको मालिक हुन्छ । प्रायः सत्मार्गमा लाग्ने जति सबै ब्रह्ममुहूर्तमा उठ्छन् । उन्नति प्रगति गर्ने कर्मवीर, कुशाग्र बुद्धिमान् विद्यार्थी, सरस्वतीका पुत्र, वेदपाठी वटुक, योगभ्यासी साधक, लेखक, कवि, साहित्यकार सङ्गीत साधना गर्ने सबैको उद्गम समय यही होे । किनकि यो सृष्टिको समय हो । योग ध्यान आदि ब्रह्ममुहूर्तमा गर्नाले यथाशीघ्र लाभ हासिल गर्न सकिन्छ ।

ब्रह्ममुहूर्तमा मन्त्रोच्चारण ध्यान जप मन्त्रसिद्धि गर्दा उत्तम हुन्छ । बाहिरी होहल्ला, धुवाँधूलोको कण सबै शान्त हुन्छ । ध्यान केन्द्रित भयो भने गरेको काम सकारात्मक हुन्छन् । शक्ति प्राप्त हुन्छ, गुरू कृपा वर्षन्छ ।  धन, धर्म, बुद्धि र ज्ञानले सम्पन्न हुन्छ । ब्रह्ममुहूर्तमा उठ्ने व्यक्तिको रुप, कीर्ति, बुद्धि, धन, स्वास्थ्य, आयु वृद्धि हुन्छ ।

04_03_2016-subah.jpg
undefined

नित्यकर्म कसरी गर्ने ?
 नियमित रुपमा शास्त्र विधानअनुसार गर्ने कर्मलाई नित्यष्कर्म भनिन्छ ।  व्युँझने वित्तिकै: ओछ्यान मै बसेर गुरू वन्दना गर्नुपर्दछ ।

ध्यान मूलं गुरोर्मूर्तिः पूजा मूलं गुरोर्पदम्, मन्त्र मूलं गुरोर्वाक्यम्, मोश्र मूलं गुरू कृपा ।
सर्वपाप विशुदात्मा श्रीगुरो पादसेवनम् । नाद विन्दु कलातीतं तस्मै श्रीगुरूवे नमः ।
त्वं पिता त्वं च मे माता त्वं बन्धु त्वंच देवता ।  

त्यसपश्चात् दुवै हात आफैँतिर फर्काएर निम्न मन्त्र पाठ गरिन्छ:  

कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती, 
करमूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम् ।

अर्थात् हातको अग्रभागमा रहेकी लक्ष्मी, मध्यभागमा रहेको सरस्वती, फेद अर्थात् मणिबन्दमा रहेको ब्रह्माजीलाई सम्झेर नमन गरिन्छ । हातले देवताको पूजा गर्छन् हातले दीन–दुःखीको सेवा गर्छन् ।  
हातले इतिहास आदि विभिन्न साहित्य लेख्छन्, हातले लेखक कलाकार योगाभ्यासी बनाउँछन् । हातले धर्तीको सेवा गर्छन् ।

अन्न, फलफूल, तरकारी उब्जाउँछन् । सत्कर्म देवयज्ञ, पितृकर्म हातले नै गर्छन् । त्यसैले आज पनि यी हातले सत्कर्म गरुन्, कुनै कुकर्म हुन नपाओस् भनेर त्रिदेवसँग प्रार्थना गर्दै नित्य आफ्नो हात आफैले हेर्नुपर्छ । अधिकांश मानिसको हातको माथिल्लो भागमा शंख चक्र, हुन्छन् ।  केहीको हातमा खड्ग, सूर्य वा पद्म पनि देखिन्छ । यी सबै सनातनमा  ईश्वरको शस्त्राभूषणका रुपमा व्याख्या गरिएका छन् । अतः सबै शुभ सड्ढेत भएकोले विहानै दर्शन गर्दा लाभ हुने मानसिक विचार प्रधान गरिएको हो । 

(नारदमणि पौड्यालद्वारा लिखित एवम् सम्पादित अध्यात्म जगतको नौलो प्रस्तुति 'वैदिक ज्ञानमाला' बाट साभार)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार