Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'जी-सेभेन' छोट्याएर वाशिंगटन फर्कदै ट्रम्प

'जी-सेभेन' छोट्याएर वाशिंगटन फर्कदै ट्रम्प

एजेन्सी । मध्यपूर्वमा जारी तनावकाबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी जी सेभेन (जी ७) बैठक छोट्याएर आफू चाँडै स्वदेश फकर्नुपर्ने बताउनुभएको छ । उहाँ मङ्गलबार राति वाशिंगटन फर्कने ह्वाइट हाउसले जनाएको छ। सोही बैठकका सिलसिलामा फ्रान्सेली राष्ट्रपति इमान्युअल म्याकरोनले राष्ट्रपति टम्पले इजरायल तथा इरानबीच युद्धविरामको प्रस्ताव राख्नुभएको जानकारी पत्रकारहरुलाई गराउनुभयो । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सबैलाई इरानी राजधानी तेहरानबाट खाली गराउन अनुरोध गर्नुभएको थियो ।यसैबीच, जी ७ बैठकको क्रममा ट्रम्प र बेलायती प्रधानमन्त्री सर कियर स्टारमरबीच दुई मुलुकबीच ट्यारिफ सम्झौतामा हस्ताक्षर पनि भएको थियो । 

g7-37-ap-gmh-250616_1750108512517_hpMain.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार