काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दरल्यान्ड्स, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक टि २०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो ।
स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्ड तीनै टोलीको समान २-२ अंक छ ।
मंगलबार डन्डीस्थित टिटवुडमा नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रनको योगदान दिए । सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल एक समय ३८-३ को स्थितिमा पुगेको थियो । नेपालले तेस्रो ओभरमा ओपनर लोकेश बमलाई ९ र चौथो ओभरमा अनिल साहलाई ३ रनमा गुमाएको थियो । कप्तान रोहित ७ रन जोड्दै आठौं ओभरमा आउट भएका थिए ।
कुशल १३ औं ओभरको पहिलो बलमा मार्क वाटको एलबीडब्लु धरापमा पर्दा नेपाल ६०-४ को स्थितिमा पुग्यो । उनले ३५ बलमा ४ चौका प्रहार गरे ।
जास्पर डेभिडसनले फ्याँकेको १५ औं ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरी १४ रन जोड्दै कट बिहाइन्ड भए । त्यसको २ बलपछि बासिर अहमद पनि पेभेलियन फर्किए । १३ रन जोडेका उनलाई माइकल लिस्कले आफ्नै बलमा सानदार क्याच गरेपछि नेपाल ७७-६ को स्थितिमा पुग्यो ।
लिस्कले १८ औं ओभरमा आफ्नो स्पेलको अन्तिम बलमा रुपेश सिंहलाई क्याच आउट गराए । लामो सट खेल्ने धुनमा ६ रन जोडेका किरण सफियान सरिफको हातबाट समातिए ।
किरण ठगुन्ना १६ बलमा १० रन जोडेर आउट भए । ३ बलमा जितका लागि १ रन आवश्यक पर्दा छक्का हान्न खोजेका उनी क्याच आउट भएका थिए । करण केसी ३ रनमा नटआउट रहँदा सन्दीप लामिछानेले पहिलो बलमै विजयी सिंगल लिए ।
स्कटल्याण्डका माइकल लिस्क र सफियान सरिफले २(२ तथा ब्रेन्डन मक्मलेन, ज्याक जार्भिस, मार्क वाट र जास्पर डेभिड्सनले १(१ विकेट लिए ।
त्यसअघि नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९।४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । स्कटल्याण्डका लागि माइकल लिस्कले ४६ बलमा ४४ रनको योगदान दिए ।
टस जितेर बलिङ गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट सुरुवात गर्दै सुरुवाती ५ ओभरमै ५ विकेट लिएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com