काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरुले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरु मुक्तिनाथ विकास बैंकबाट गर्न सकिने सेवा सुरुवात गरेको छ । एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिसेज प्रालि महाराजगंज र मुक्तिनाथ विकास बैंकबिच एक सम्झौता गरी शैक्षिक शूल्क भुक्तानी सम्बन्धी कार्यको सुरुवात गरेको हो ।
यस सेवा अन्तर्गत उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहाने नेपाली बिद्यार्थीहरुले Visa Fees, SAT, SEVIS Fees , PTE Exam Fees, Application fees, GMAT लगायतको शैक्षिक शूल्कहरु मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सक्ने छन् । यो सेवा हालको लागि बैंकको महाराजगंज शाखा र कमलादी शाखा कार्यालयबाट सुरुवात गरिएको छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ ।
बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगाएतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com