Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
एसईईको नतिजा सार्वजनिक

हाम्रो मिहेनतले एसइई नतिजामा सुधारः प्रधानमन्त्री ओली

हाम्रो मिहेनतले एसइई नतिजामा सुधारः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफूहरूको मिहेनतले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार भएको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री ओलीले  सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘एसइई परीक्षामा ग्रेड प्राप्त गर्नुभएका भाइबहिनीहरुलाई हार्दिक बधाई! यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ।

गतवर्ष ४७.८६५ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी लयलभ none graded रहनुपरेको थियो। बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ। सबै भाइबहिनीहरूलाई बधाई ! ’

२०८१ सालको चैतमा सञ्चालन भएको एसइईमा ६१।८१ प्रतिशत विद्यार्थी ग्रेडेड ९उतीर्ण० भएको बोर्डले जनाएको छ। गत वर्षको एसइईमा ४७।८६ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका थिए।

यसवर्षको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।

बोर्डका अनुसार ३.६० देखि ४.०० जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ छ।

यस्तै, ३.२० देखि ३।६० जीपीएसम्म ल्याउने ८१ हजार ३८५ जना, २.८० देखि ३.२० जीपीएसम्म ८९ हजार १२४ जना, २.४० देखि २.८० जीपीएसम्म ४८ हजार ४७९ जना, २.०० देखि २.४० सम्म ल्याउने ४ हजार १२६ जना र १.६० देखि २.०० जीपीएसम्म ८ जना रहेको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार